PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टी २० आई सिरिज पनि नेपालले जित्यो, अन्तिम खेलमा युएई १४ रनले पराजित



पहिलोपोस्ट

टी २० आई सिरिज पनि नेपालले जित्यो, अन्तिम खेलमा युएई १४ रनले पराजित

इस्लामावाद (पाकिस्तान) : युएई विरुद्धको तीन खेलको टी २० अन्तर्राष्ट्रि सिरिज पनि नेपालले जितेको छ। आइतवार भएको तेस्रो तथा निर्णायक खेल १४ रनले जित्दै नेपालले सिरिज २-१ ले जितेको हो। यसअघि नेपालले ओडिआई सिरिज पनि २-१ ले नै जितेको थियो।

दुवै सिरिजमा नेपालले पहिलो खेल हारेपनि पुरागमन गर्दै बाँकी दुई खेल जितेर सिरिज जितेको हो। नेपालले समग्रमा युएईसँग ६ खेल खेल्दा ४ खेल जित्यो। पहिलो टी २० मा २१ रनको हार बेहोरेको नेपालले दोस्रो टी २० ४ विकेटले जितेको थियो।

अघिल्लो हप्ता युएईलाई नै हराउँदै पहिलो पटक ओडिआई सिरिज जितेको नेपालले टी २० आई सिरिज पनि पहिलो पटक जितेको हो।

वर्षाका कारण प्रभावित तेस्रो टी २० अन्तर्राष्ट्रिय खेल १० ओभरमा छोट्याइएको थियो। जहाँ टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो। जवाफमा १०५ रनको लक्ष्य पछ्याएको युएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चे पनि करण केसी र अभिनाश बोहराले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जितसम्म पुर्‍याए। करण र अभिनाशले २-२ विकेट लिए। ललित राजवंशीले पनि २ विकेट लिए।

दुवईस्थित आइसीसी एकेडेमी मैदानमा वर्षाका कारण खेल तोकिएको समयम सुरु हुन नसकेपछि खेल १० ओभरमा छोट्याइएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएपनि कप्तान पारस खड्का, सन्दिप जोरा, विनोद भण्डारी र करण केसीले नेपालको स्कोर सय रन कटाउन मद्दत गरे। नेपालको लागि कप्तान पारस खड्काले १४ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक २९ रन बनाए।

युवा खेलाडी सन्दिप जोराले ११ बलमा ३ छक्का प्रहार रगर्दै १८ रन जोडे। विनोद भण्डारीले १३ बल खेल्दै २ चौका र १ चौकाको मद्दतमा २१ रन बनाए भने करण केसीले ५ बल खेलेर १ छक्का प्रहार गर्दै १० रन जोडे। ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन बनाए।

पहिलो ओभरमै पवन सर्राफलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेको थिएन।

२१ रन हुँदा ३ विकेट गुमाएको नेपालको स्कोर उकास्न कप्तान पारस र सन्दिप जोराले चौथो विकेटका लागि ३३ रनको महत्वपूर्ण साझेदारी गरे। यस्तै सन्दिप जोरा र विनोद भण्डारीले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। यी दुई साझेदारी नै नेपालको स्कोर १०० रन भन्दा बढी भएको हो।

युएईका कप्तान मोहम्मद नाभिदले २ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए। अमिर हायतले पनि २ विकेट लिए।

युएईले सन्दीप लामिछानेको पहिलो ओभरै २० रन जोड्दै उत्कृष्ट सुरुवात गर्‍यो। घुलाम शोब्बरले सन्दीपलाई सुरुको दुई बलमै छक्का र चौका प्रहार गरेका थिए। सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा अस्फाक अहेमदलाई करण केसीको हातबाट क्याचआउट गराउदै युएईको २९ रनको साझेदारी तोडेका थिए।

दोस्रो विकेटका लागि शोब्बर र साइमन अनवरले २८ रनको साझेदारी गरे। पाँचौ ओभरमा अभिनाश बोहराले शोब्बरलाई बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए।

छैटौँ ओभरमा सन्दीप लामिछानले मुहमद उस्मानलाई सन्दिप जोराको हातबाट क्याचआउट गराएपछि युएई ५.३ ओभरमा ६०-४ को अवस्थामा पुग्यो।

युएईको स्कोर अगाडि बढाइरहेका अनवरलाई करण केसीले आठौँ ओभरको पहिलो बलमै ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट गराएपछि नेपालले खेलमा पुनरागमन गर्‍यो।

२० बल खेलेका अनवरले २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३० रन बनाएपनि युएईलाई जितसम्म पुर्‍याउन सकेनन्। आठौँ ओभरकै तेस्रो बलमा करणले युएईका कप्तान मोहम्मद नाभिदलाई पवन सर्राफको हातबाट क्याचआउट गराएपछि युएई ७३-५ को स्थितीमा पुग्यो।

नवौँ ओभरमा अभिनाश बोहराले युएईका महुम्मद बुता (११) लाई ज्ञानेन्द्रको हातबाट क्याचआउट गराएपछि युएई ८४-६ को अवस्थामा पुग्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell