PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कलेजो प्रत्यारोपण गर्न टिचिङलाई अनुमति, डाक्टर भण्डारी भन्छन्, 'बिरामी खोज्दैछौँ'



कलेजो प्रत्यारोपण गर्न टिचिङलाई अनुमति, डाक्टर भण्डारी भन्छन्, 'बिरामी खोज्दैछौँ'

काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)ले कलेजो प्रत्यारोपणका लागि लाइसेन्स पाएको छ। लाइसेन्स पाएसँगै अस्पतालले प्रत्यारोपणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। अस्पतालका कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा रमेशसिंह भण्डारीका अनुसार सबै तयारी पूरा भएको छ। एक महिनाभित्र पहिलो प्रत्यारोपण सुरु गर्ने उनी बताउँछन्। 

भण्डारीले कलेजो प्रत्यारोपण सेवा सञ्चालनका लागि लामो समयको तयारी गरेका थिए। प्राविधिक काम समयमै नसक्दा प्रत्यारोपण सुरु गर्न ढिलो भएको थियो। लाइसेन्स समयमै नपाउँदा पनि काम अघि बढ्न सकेको थिएन। लाइसेन्स पाएसंगै प्रत्यारोपण सुरु गर्ने बाटो खुलेको छ।

भारतको एपोलो अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा निरभ गोयलले सुरुवातमा अस्पताललाई सहयोग गर्नेछन। यसका लागि डा गोयलको टिम एक सातापछि नेपाल आउने भण्डारी बताउँछन्।

कलेजो प्रत्यारोपण गर्ने बिरामीको छनोट भइरहेको  भण्डारी सुनाउँछन्। ' एयरपोर्ट पनि बन्यो, हवाइजहाज पनि ल्याइयो अब प्यासेन्जर खोज्न बाँकी भनेजस्तै भएको छ, ' भण्डारीले भने, 'आएको सबै बिरामीको प्रत्यारोपण गर्न मिल्दैन्। उपयुक्त बिरामी आउनासाथ हामी प्रत्यारोपण सुरु गर्छौँ।'

 कलेजो प्रत्यारोपणको टोली भारतको एपोलो अस्पतालमा गएर तालिम समेत लिएर आइसकेका छन्। गत असोजमा अस्पतालका १४ जनाको टिम तालिमका लागि एपोलो अस्पताल पुगेका थिए। ८ जना डाक्टर र ६ जना नर्सले तालिम लिएका हुन्।

त्यस्तै शिक्षण अस्पतालमै पनि जटिल भन्दा जटिल कलेजोको अपरेशन गर्न भण्डारीको टिम सफल भइरहेको थियो।

सम्बन्धित समाचार

ह्वाट नेक्स्ट भन्ने प्रश्नले उब्जाएको डाक्टर रमेश सिंह भण्डारीको महत्वकांक्षा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell