PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

फ्राइडे रिलिज, तीन नेपाली फिल्म र एक लड्कीको देखा तो ऐसा लगा भिड्दै



पहिलोपोस्ट

फ्राइडे रिलिज, तीन नेपाली फिल्म र एक लड्कीको देखा तो ऐसा लगा भिड्दै

काठमाडौँ: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'गोपी', 'रणवीर' र 'सयकडा दश' प्रदर्शनमा आएका फिल्महरु हुन्।

'सय कडा दश'ले भ्रष्टाचार भर्सेस प्रेमको कथा समेटेको बताइएको छ। उता, दीपेन्द्र लामा निर्देशित 'गोपी'ले एमए पढेर गाई पालनमा सक्रिय एक युवाको कथा समावेश गरेको छ। 'रणवीर'ले प्रेम द्वन्द्व एवं समाजको विसंगतीलाई देखाउन खोजिएको बताइएको छ। फिल्ममा सुशील सिटौला र शुभेच्छा खड्काको मुख्य अभिनय छ।

अमृत ढुङ्गाना र करुणा श्रेष्ठको स्क्रिन जोडी 'सय कडा दश' देख्न सकिन्छ। त्यस्तै, 'गोपी'ले भने वर्षा राउत र विपिन कार्कीसँगै सुरक्षा पन्तको केमेस्ट्री देखाउन खोजेको छ।

रामशरण पाठकले 'सय कडा दश' अघि 'प्रेमगीत २' निर्देशन गरेका थिए। गोविन्द सिंह भण्डारीले भने 'रणवीर' मार्फत नै निर्देशनमा डेब्यू गरेका हुन्। दीपेन्द्रले यसअघि 'घामपानी'बाट निर्देशनको अनुभव बटुलिसकेका छन्।

एकसाथ एउटै मितिमा प्रदर्शनमा आउने तीन फिल्ममा कसले बाजी मार्ला? त्यो त फिल्म प्रदर्शनपछि नै थाह हुनेछ। दर्शक र हलका लागि भने तीन फिल्मको भिडन्त पक्का छ।

त्यस्तै, यो साता नै बलिउड फिल्म 'एक लड्कीको देखा तो ऐसा लगा' पनि नेपाल प्रदर्शनमा आएको छ।फिल्ममा अनिल कपूर, सोनम कपूर र राजकुमार राओको मुख्य अभिनय छ। बलिउड फिल्मले क्यूएफएक्समा ९ सो पाएको छ। क्यूएफएक्सले 'गोपी'लाई भने ५ सो दिएको छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell