PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

संसद्का दुबै सदनको बैठक बस्दै, अवरोधको रणनीतिमा प्रतिपक्ष कांग्रेस



पहिलोपोस्ट

संसद्का दुबै सदनको बैठक बस्दै, अवरोधको रणनीतिमा प्रतिपक्ष कांग्रेस

कामाठाडौँः संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ। अवरोधबीच चिकित्सा विधेयक पारित भएको झण्डै एक सातापछि प्रतिनिधिसभा बैठक बस्न लागेको हो। यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो।

प्रतिनिधिसभातर्फ बुधबारसम्म कार्यसूचीको यकिन भइसकेको छैन। बुधबार सभामुख कृष्णबहादुर महराले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले अवरोध जारी राख्ने संकेत गरेपछि कुनै कार्यसूची तय नभएको हो। 

राष्ट्रियसभामा भने चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारितको सम्भावित कार्यसूची रहेको छ।

कांग्रेसले यसअघि उठाउँदै आएको दुई अस्पताललाई केन्द्र मातहत रहनेगरि गठन आदेश निरन्तरताको विषयमा सरकारले माग अनुसार निर्णय गरिसकेको छ। जिपी कोइराला स्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील काइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र मातहत नै राख्नेगरि सरकारले निर्णय गरिसकेको छ।

तर, नेपाली कांग्रेसले आफ्नो सहमति बेगर चिकित्सा विधेयक पारित गरेकाले उक्त प्रक्रिया सच्याउन मागसहित अवरोधको तयारी गरेको हो। बुधबारको कार्यव्यवस्थामा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिपक्षसँगको सहकार्यमा सत्तापक्ष जिम्मेवार नभएको भन्दै अवरोध निरन्तर रहने बताएका थिए।

यस्तै, सभामुखले विधेयक पारितमा प्रचलित मान्यता तोडेको पनि कांग्रेसको आरोप छ।

सभामुख महराले भने बिहीबार बिहान १२ बजे कांग्रेस नेतालाई परामर्शका लागि बोलाएका छन्। उक्त बैठकको निर्णय अनुसार कांग्रेसले रणनीति बनाउनेछ। आजै बिहान ११ बजे कांग्रेसले आफ्ना सांसद्हरुसँग पनि परामर्श गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell