PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, टोटनहमको पुनगमन जित, चेल्सी बर्नमाउथसँग ४-० ले पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, टोटनहमको पुनगमन जित, चेल्सी बर्नमाउथसँग ४-० ले पराजित

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिँदा टोटनहम हट्सपरले पुनरागमन जित हात पारेको छ।

चौथो स्थानको चेल्सी भने एएफसी बर्नमाउथसँग पराजित भएपछि पाँचौ स्थानमा झरेको छ।

 लेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएपछि लिभरपुलले शीर्ष स्थानमा अग्रता फराकिलो गर्ने मौका गुमाएको हो। खेलको तेस्रो मिनेटमै साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्तिम समयमा ह्यारी मगुइरले लेस्टरका लागि बराबरी गोल गरे।

बराबरीपछि पनि २४ खेलबाट ६१ अंक जोडेको लिभरपुल अझै दोस्रो स्थानको सिटीभन्दा ५ अंकले अघि छ। सिटीले अघिल्लो दिन न्यूकासलसँग पराजित भएको थियो।

यस्तै टोटनहमले एक गोलले पछि परेको स्थिती उल्टाउँदै अन्तिम १० मिनेट भित्र दुई गोल गरेर वाटफोर्डलाई २-१ ले पराजित गरेको छ।

टोटनहमको मैदानमा क्रेइग काथकार्टले ३८औँ मिनेट गोल गर्दै वाटफोर्डलाई अग्रता दिलाएका थिए। तर अन्तिम १० मिनेटमा वाटफवर्डले दुई गोल बेहोर्दा पराजित भयो। ८०औँ मिनेटमा हेउन मिन सनले टोटनहमका लागि बराबरी गोल गरे भने ८७औँ मिनेटमा फर्नान्डो लरेन्टले विजयी गोल गरे।

जितपछि २४ खेलबाट ५४ अंक जोडेको टोटनहमले दोस्रो स्थानको सिटीसँग अंकदूरी २ मा झारेको छ भने चेल्सी र आर्सनलसँग अंक दुरी ६ मा पुर्‍याएको छ।

चेल्सी भने बर्नमाउथसँग अप्रत्यासित रुपमा ४-० ले पराजित भयो। हारपछि २४ खेलबाट आर्सनलसमान ४७ अंक भएकपनि चेल्सी गोलअन्तरमा पछि पर्दै पाँचौमा झरेको हो।

बर्नमाउथका लागि जोसुअ किङले २ तथा डेविड ब्रुक र चार्ली ८यानिएल्सले १-१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell