PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बेलायतमा व्यापक हिमपातका कारण विमान 'ग्राउन्डेड', विद्यालयहरु बन्द

बेलायतमा व्यापक हिमपातका कारण विमान 'ग्राउन्डेड', विद्यालयहरु बन्द


बेलायतमा अत्याधिक हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। यस साता बेलायतको न्यूनतम तापक्रम -११  डिग्री पुग्ने अनुमान गरिएको छ। 
हिमपातका कारण धेरै स्थानमा विद्यालयहरु बन्द गरिएको छ भने हवाई, रेल र सडक मार्ग बन्द हुन पुगेको छ।
 
धावन मार्गमा हिउँ जमेपछि विमानस्थलका कर्मचारीहरु हिउँ पन्छाइरहेको बताइएको छ। तर मौसमका बारेमा अपडेटहरु नपाउँदा यात्रुहरुले सास्ती बेहोर्नु परेको बताइएको छ।  

यात्रुहरुले ट्वीट गर्दै आफ्ना समस्याहरु सामजिक संजालमा सेयर गरिरहेका छन्।
 
लिभरपुल र म्यान्चेस्टर विमानस्थलह पूर्ण रुपमा बन्द हुन पुगेका छन्। ती विमानस्थलमा रहेका विमानहरु हिउँले ढाकिएका छन्। 

बेलायतका साथै स्कटल्यान्ड, उत्तरी आयरल्यान्डमा समेत व्यापक हिमपात भइरहेको बताइएको छ। 

आगामी केही दिनसम्म हिमपात भइरहने भन्दै बेलायतको मौसम विभागले मानिसहरुलाई सचेत रहन र बाहिर धेरै नहिड्न आग्रह गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell