PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, 'केसीको माग पुरा गर्दैमा कसैले हारेको महसुस गर्नु पर्दैन'



पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन्, 'केसीको माग पुरा गर्दैमा कसैले हारेको महसुस गर्नु पर्दैन'

काठमाडौं: २२ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई भेट्न पूर्वप्रधानन्याधीश सुशीला कार्की शिक्षण अस्पताल पुगेकी छिन्। शिक्षण अस्पताल महाराजगञ्ज पुगेर केसीको जीवन रक्षा गर्न कार्कीले सरकारलाई आग्रह गरेकी छिन्। 'सरकारले उनको माग पुरा गर्नैपर्छ,' उनले भनिन्।

मेडिकल क्षेत्र सुधार गर्न केसीले महत्वपूर्ण भुमिका खेलेकाले सरकारले उनको जीवनरक्षा गर्नुपर्ने कार्कीले बताइन्। उनले भनिन्, 'केसीको माग पुरा गर्दा कसैले हार्दैन् सबैले जित्छन्, देशले जित्छ। कसैले हारेको महसुस गर्नुपर्दैन।'
 
त्यस्तै केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ। अपरान्ह  ५ बजे अस्पतालले गरेको ब्रिफिङका अनुसार केसीलाई सास फेर्न गाह्हो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन सकेका छैनन्।

उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको र सास फेर्न गाह्रो भएकाले आइसियूको जरुरत परिसकेको  डाक्टर प्रमेश श्रेष्ठले ब्रिफिङ गरेका छन। तर केसी आइसियू जान मानेका छैनन्।

केसी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell