PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

'ओलीवाद भनेको फासीवाद हो' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन

'ओलीवाद भनेको फासीवाद हो' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: चिकित्सा शिक्षा विद्येयकको विपक्षमा आज पनि माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ। 

अनशनरत डा गोविन्द केसीका समर्थकले विद्येयकको विपक्षमा प्रदर्शन गरेका हुन्। सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गरे।

संसद्ले शुक्रबार बहुमतबाट विद्येयक पारित गरेको थियो। डा केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विद्येयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ 'ओलीवाद भनेको फासीवाद हो' जस्ता नारा लगाएर माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुगेका थिए।

चिकित्सा सुधारको माग गर्दै डा केसी गत पुस २५ गतेदेखि १६ औं अनशनमा छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell