PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'भूकम्पका कारण मात्रै काष्ठमण्डप ढलेको होइन' 



पहिलोपोस्ट

'भूकम्पका कारण मात्रै काष्ठमण्डप ढलेको होइन' 
फाइल फोटो

काठमाडौं : २०७२ वैसाख १२ गतेको भूकम्पबाट मात्रै काष्ठमण्डप नढलेको विज्ञहरुकले बताएका छन्। 


काष्ठमण्डपको पुनर्निर्माण समितिले आज आयोजन गरेको कार्यक्रममा संरचनाविद् प्रेमनाथ मास्के, इन्जिनियर प्रा डा सुदर्शनराज तिवारीलगायतका वक्ताहरुले काष्ठमण्डप ढल्नुमा भूकम्पमात्रै प्रमुख कारण नरहेको बताएका हुन्। 


मास्केले काष्ठमण्डपको मर्मत सम्भारको कमी र त्यसमा प्रयोग भएका सामाग्रीहरुको आयू सकेकाले पनि काष्ठमण्डप ढलेको उनले बताए। 
भूकम्प जानुअघि विभिन्न चरणमा काष्ठमण्डपको पुनर्निमाण गरिएको तर त्यसबेला उचित तरिकाले संरक्षण नभएकाले काठहरु मक्किएको बताइएको छ। 


तिवारीले अनुसन्धानबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको भएता पनि एउटा काठ पाँचौ शताब्दीको भेटिएको बताए। यसबाट पहिला काष्ठमण्डप सानो रहेको र पछि फेरि काष्ठमण्डपमा तल्ला थपिएको हुन सक्ने उनले बताए। 


यसबाट काष्ठमण्डपबारे थप अनुसन्धान हुने वातावरण बनेको उनले तर्क गरे। 


यस्तै काष्ठमण्डपको पुनर्निर्माण सम्बन्धी किताब निकाल्ने तयारी भइरहेको बताइएको छ। नेपाल भाषा, नेपाली र अंग्रेजीमा पुनर्निर्माणको सुरुवातदेखि अन्तिम चरण सम्मका कार्य, दस्तावेज र तस्विर लगायतका सामाग्री समेटिने बताइएको छ।  


२०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप सम्बन्धी धेरै दस्तावेज र बनेको प्रक्रिया नभएकाले भावी पुस्ताका लागि सन्दर्भ सामाग्रीका रुपमा उक्त किताब प्रयोग गर्न सकिने बताइएको छ। 


हाल काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको प्यंग था (चारवटा मूल थाम) बनाउनका लागि काम भइरहेको बताइएको छ। माघ मसान्तसम्म प्यंग थालाई काष्ठमण्डपमा ठड्याउने तयारी भइरहेको बताइएको छ। चारवटा मूल थामका लागि एउटा पुरानै थाम प्रयोग गरिने समिति अध्यक्ष राजेश शाक्यले बताए। 


काष्ठमण्डपको पुनर्निर्माणका लागि बर्दिवासबाट काठ र भक्तपुरबाट मा: आप्पा (सानो प्रकारको इट्टा) ल्याइदैछ। हालसम्म बर्दिवासबाट ८१४/५२ क्यू फिट नयाँ काठहरु ल्याइएको छ।


गत वैसाखबाट सुरु भएको पुनर्निमाण प्रक्रिया ३ वर्षभित्र सकाउने लक्ष्य राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell