PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आशा लघुवित्तको शेयर निस्कासन



पहिलोपोस्ट

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।

संस्थाले जम्मा निष्कासनको ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ६ लाख २९ हजार ९ सय ७० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्कासन गर्नेछ।

प्राथमिक शेयरको लागि न्युनतम १० कित्ता र अधिकतम ३ हजार ३७० कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ। संस्थाले छिटोमा माघ २२ गते र पहिलो चरणमा बिक्री नभएमा दोस्रो चरणको लागि ढिलोमा फागुन १९ गतेसम्म निष्कासन गर्ने जनाएको छ।

आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

प्राथमिक शेयर निष्कासनको लागि गरेको क्रेडिट रेटिङ अनुसार संस्थाले 'केयर एनपि आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। यो रेटिङले संस्थाको वित्तीय अवस्था मध्यम किसिमको रहेको संकेत गर्दछ।

प्राथमिक शेयर निष्कासन सँगै संस्थापक शेयर पूँजी ६७.५ प्रतिशत अर्थात १४ करोड रुपैयाँ र सर्वसाधारण पूँजी ३२.५ प्रतिशत अर्थात ६ करोड ६४ लाख रुपैयाँ सहित जम्मा २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ।

संस्थाको संस्थापक शेयरधनीहरुमा प्रभु इन्भेष्टमेन्ट प्रालि र नेपाल इन्भेष्टमेन्ट प्रालि रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell