PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सातदोबाटोबाट रत्नपार्क हुँदै महाराजगञ्जसम्म मेट्रो रेल : डिपिआरका लागि ग्लोबल टेन्डर



दिनेश खड्का

सातदोबाटोबाट रत्नपार्क हुँदै महाराजगञ्जसम्म मेट्रो रेल : डिपिआरका लागि ग्लोबल टेन्डर
प्रतीकात्मक तस्बिर: चिनियाँ रेल

काठमाडौं : सातदोबाटो- रत्नपार्क- नारायणगोपालचोक रुटमा मेट्रो रेल निर्माण हुने भएको छ। रेल विभागले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि ग्लोबल टेण्डर गरेको छ।

यो रुटको सम्भाव्यता अध्ययन ( फिजिविलिटी स्टडी ) कोरियन कम्पनीले गरेको थियो । करिव १२ किलोमिटर लामो यो रुटको फिजिविलिटी रिपोर्ट २०११ मै तयार पारेर रेल विभागलाई बुझाइएको थियो । सोही रिपोर्टका आधारमा मेट्रो रेल निर्माण गर्न डिपिआर तयार गर्न लागिएको हो ।

विभागले निकालेको ग्लोवल टेण्डर अनुसार इच्छुक कम्पनीले चैत ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । त्यसपछि छनोट प्रक्रिया सुरु हुने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर ( सिडिई ) अमन चित्रकारले जानकारी दिए । उनका अनुसार आवेदन दिएका कम्पनीहरुको सटलिष्ट गरिने  छ । आर्थिक र प्राविधिक प्रस्तावमा उत्कृष्ट ठहरिने कम्पनीले डिपिआर निर्माणको जिम्मा पाउने छ ।

जिम्मा पाउने कम्पनीले १८ महिनामा डिपिआ तयार पार्नुपर्नेछ। डिपिआर तयार भएपछि निर्माणको फेजमा जाने तयारी रहेको चित्रकारले बताए ।

त्यसै गरि उपत्यकामै अर्को धुलिखेल-नागढुङगा रुटको लगानी बोर्ड मार्फत डिपिआर तयार पार्न लागिएको छ।बोर्डले डिपिआर तयार पार्नका लागि कम्पनीहरुको सटलिष्ट गरेर मूल्यांकन गरिरहेको छ । करिव ४५ किलोमिटर लामो यो रुटको डिपिआरका लागि एक महिनाभित्रै काम सुरु हुनेछ।यो रेलमार्गको बुट प्रणाली(निर्माण,संचालन र हस्तान्तरण)मा निर्माण गर्ने बोर्डले तयारी गरेको छ ।

त्यसै गरि च्रकपथमा मोनोरेलको अध्ययन गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चिनियाँ कम्पनीलाई जिम्मा दिएका छन् । करिव २७ किमी लामो चक्रपथमा मोनोरेलको डिपिआरका लागि चाइना रेल्वे २५ औं व्यूरो कम्पनीले काम गरिरहेको छ। महानगरपालिकाका अनुसार यहि बर्ष डिपिआर तयार हुने छ ।त्यसपछि निर्माणको चरणमा जाने काठमाडौं र ललितपुर महानगरपालिकाले तयारी गरेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell