PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भाटभटेनी सडक छेउमा रहेको इनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु



पहिलोपोस्ट

भाटभटेनी सडक छेउमा रहेको इनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

काठमाडौँ : काठमाडौं महानगरपालिका-१ भाटभटेनी सडक छेउको इनारमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। 

बा.३० प २६४८ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई सडक छेउको इनारमा खसेको थियो।  

मोटरसाइकलमा दुई जना सवार थिए। मोटरसाइकल चालक बारा कोहल्बी नगरपालिका-१ घर भई हाल काठमाडौं बसुन्धारा बस्ने २२ वर्षीय राजदेव चौधरीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

मोटरसाइकलमा बसेका २३ वर्षीय शरमा गुप्ताको भने शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell