PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेसको लगातार अवरोधपछि संसद बैठक सूचना टाँस गरी स्थगित



कांग्रेसको लगातार अवरोधपछि संसद बैठक सूचना टाँस गरी स्थगित

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

मंगलबार दुई पटक बसेको प्रतिनिधि सभाको बैठक कांग्रेस सांसदहरुले लगातार अवरुद्ध गरेका थिए।

दोस्रो बैठकलाई स्थगित गर्दै सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए।

तर तेस्रो बैठक बस्न सकेन। तेस्रो बैठक सूचना टाँसी स्थगित भएको हो।

अर्को बैठक माघ ११ गते १ बजेका लागि बोलाइएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell