PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हतारिएका सभामुखले जब शिक्षामन्त्रीलाई 'गिरिजामणि' भनेर बोलाए...



हतारिएका सभामुखले जब शिक्षामन्त्रीलाई 'गिरिजामणि' भनेर बोलाए...

काठमाडौं: आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम रहेको थियो। बैठक शुरु हुनसाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बैठक अवरुद्ध गर्न अघि बढिसकेका थिए।

यही क्रममा सभामुख कृष्णबहादुर महराले विधेयक पेश गर्न शिक्षामन्त्रीलाई अनुमति दिन हतारिए। 

कांग्रेस सांसदहरु रोस्टम घेर्न पुग्दै गर्दा सभामुख महराले भने, 'आज माननीय सदस्यहरुले गल्ती गर्नु भो। बैठक नै शुरु गरेको छैन। अब आजै १५ मिनेटका लागि स्थगित भएको बैठक प्रराम्भ गर्छु। म कारवाहीका कार्यसूची अघि बढाउँछु। अब माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिजामणि पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्न अनुमति दिन्छु।'

कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरिरहँदा सभामुख महरा आफ्नै पार्टीका नेताको नाम उच्चारणमा चिप्लिए।

कांग्रेस सांसदहरुले नारावाजी गरिरहँदा सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि हुनुपर्नेमा गिरिजामणि उच्चारण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell