PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कांग्रेस र नेकपाका सांसदबीच ठेलमठेल : देव गुरुङले स्कर्टिङ गर्दा पनि गिरिराजमणि रोस्टम पुग्न सकेनन्



पहिलोपोस्ट

कांग्रेस र नेकपाका सांसदबीच ठेलमठेल : देव गुरुङले स्कर्टिङ गर्दा पनि गिरिराजमणि रोस्टम पुग्न सकेनन्

काठमाडौं : सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ। 

सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गएका थिए। सभामुखले भने, 'आज माननीय सदस्यहरुले गल्ती गर्नुभयो, मैले बैठकै सुरु गरेको छैन।'

तर कांग्रेस सांसदहरुले त्यसलाई वास्ता गरेनन्।  कांग्रेस र सत्तारुढ दलका सांसदबीच  ठेलमठेल भयो।

रोष्टम घेराउ गरिरहेका कांग्रेसका सांसदहरुलाई बेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए।

पोखरेललाई नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदले रोष्टमसम्म पुर्‍याउने प्रयास गरेपनि उनी असफल भए।

कांग्रेस र नेकपाका सांसदहरुबीचको ठेलमठेलले मन्त्री पोखरेल बीच मै रोकिए। पछि फर्किएर आफ्नै कुर्सीमा गए। 
 
दुबै दलका सांसदहरुबीच ठेलमठेल जारी रहँदा सभामुख महराले १५ मिनेटका लागि पुनः बैठक स्थगित गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell