PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

युएई विरुद्धको सिरिज जित्ने नेपालको लक्ष्य



गोविन्दराज नेपाल

युएई विरुद्धको सिरिज जित्ने नेपालको लक्ष्य

काठमाडौँ : युएई विरुद्ध ओडिआई र टी२० आई सिरिज खेल्नको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदैछ। टोली दिउँसो ४ बजेपछि युएई प्रस्थान गर्दैछ।

पारस खड्काको कप्तानीमा रहेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले मंगलवार बिदाइ गरे।

जनवरी २५ देखि फेब्रुअरी ३ सम्म सञ्चालन हुने सिरिजमा ३ ओडिआई र ३ टी २० आई खेल समावेश छ।

नेपालले गत वर्ष मार्चमा पहिलो पटक ओडिआई मान्यता पाइपनि दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि अगष्ट नेदरल्याण्ड्स विरुद्ध भएको पहिलो सिरिज नेपालले बराबरी गरेको थियो।

यस पटक युएई विरुद्ध ३ खेलको ओडिआई सिरिज जित्दै पहिलो ओडिआई सिरिज हात पार्न कप्तान पारस खड्काले बताएका छन्।

'हामी पहिलो ओडिआई सिरिज जित्न चाहन्छौँ र त्यसका लागि तयार पनि छौँ।' बिदाइपछि पारसले भने। यस्तै उनले यो सिरिज पछि ओडिआई र्याङ्किङमा पर्न समेत आधार तयार हुने बताए। 'ओडिआई नेशन भइसकेपछि सिरिजको प्रत्येक खेल महत्वपूर्ण हुन्छ। हरेक खेलबाट अंक जोडिदै जान्छ। यस सिरिजपछि हामीले अर्को एक सिरिज खेलेमा र्‍याङ्किङ पर्नेछौँ।' पारसले भने।

यस्तै प्रशिक्षक जगत टमाटाले युएई विरुद्ध चुनौती र अवसर दुवै भएको बताएका छन्। 'हामी ३ ओडिआई र ३ टी२० आई खेल्दैछौँ। राम्रो क्रिकेट खेल्नुपर्छ। हामीलाई च्यालेन्ज पनि छ।'

उनले यस पटक टिम सन्तुलित रहेको बताए। 'हामी ब्याटिङ, बलिङ, फिल्डिङ सबैमा सुधार भएको छ। सबै क्षेत्रमा राम्रो गर्नुपर्छ।'

'यस पटक नयाँ खेलाडीहरु पनि टिममा छन्। जसले आगामी दिनमा नेपाली टिमलाई अगाडी बढाउन सक्छ भन्ने विश्वास छ। उनीहरुले जुन आशा देखाएका छन्। त्यसलाई अझ राम्रोसँग प्रदर्शन गर्र देखाउनेछन् भन्ने विश्वास छ।'

'हामी राम्रो भन्दा राम्रो प्रदर्शन गर्ने योजनामा छौँ।'

नेपाली टिममा यसपटक भिम शार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिनाश बोहरा नयाँ अनुहारका रुपमा छन्। यी चार नयाँ खेलाडीसहित १६ खेलाडीको नेपाली टोली युएई जाँदैछ। यस्तै ब्याटिङ कन्सलट्यान्टको रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाली टिमसँगै हुनेछ।

 

१६ सदस्यीय नेपाली टोली :

पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा

 

म्यानेजर/टेक्निकल एनालिस्ट : रमन शिवाकोटी

कोच : जगत टमाटा

ब्याटिङ कन्सलट्यान्ट : उमेश पटवाल

फिजियो : दिनेश भट्ट

ट्रेनर : सुबास पात्रो

 

नेपाल युएईबीचको खेलतालिका:

२५ जनवरी (माघ ११) :  पहिलो ओडीआई

२६ जनवरी (माघ १२) : दोस्रो ओडीआई

२८ जनवरी (माघ १४) :  तेस्रो ओडीआई

३१ जनवरी (माघ १७) : पहिलो टि-२०आई

१ फेब्रुअरी (माघ १८) :  दोस्रो टि-२०आई

३ फेब्रुअरी (माघ २०) :  तेस्रो टि-२०आई

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell