PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चट्याङ लागेर डडेलधुरामा एक जनाको मृत्यु 



चट्याङ लागेर डडेलधुरामा एक जनाको मृत्यु 

परशुराम: डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। 

मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्। बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। 

आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन्। दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell