PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रचण्डपत्नी सीता आइसीयूमा, उनलाई भएको के हो? 



पहिलोपोस्ट

प्रचण्डपत्नी सीता आइसीयूमा, उनलाई भएको के हो? 
फाइल फोटो

काठमाडौँ : लामो समयदेखि बिरामी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्।

ज्वरो आएर अस्पताल पुर्‍याइएकी उनलाई धापाखेलस्थित सुमेरु अस्पतालको आइसीयूमा राखिएको छ। उनलाई आइतबार बिहान भर्ना गरिएको थियो।  

डाक्टर युवराज शर्माका अनुसार उनलाई केही दिन अगाडिदेखि सञ्चो् थिएन। शनिबार पुल्चोकको सुमेरुमा स्वास्थ्य जाँच गरेर  फर्किए पनि राति पुन: ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।

डा शर्माका अनुसार सीताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। इन्फेक्सन हुने डर भएकाले पनि आइसियुमा राखिएको हो। 'राम्रो केयर हुन्छ भनेर उनलाई आइसियूमा राखिएको हो', शर्माले भने, 'भेन्टिलेटरमा राखिएको हैन्। ज्वरो आएको २४ घण्टा भइनसकेकोले भाइरल हो कि भनेर भन्न सकिँदैन।’

शर्माका अनुसार पुरानो नशाको बिरामीको कारण सीता पहिलेदेखि कमजोर छिन्। उनलाई चिसोले दु:ख दिएको छ। 'अहिले एण्टिबायोटिक र अरु औषधि चलाइरहेका छौँ। ठीक हुन कतिञ्जेल लाग्छ र कस्तो हुन्छ एक दुई दिनमा थाहा हुन्छ,' शर्माले भने , ' तर डराउनुपर्ने अवस्था छैन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell