PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

युएई विरुद्धको सिरिजका लागि १६ सदस्यीय नेपाली टोली घोषणा : पवन, भिम, सन्दिप जोरा र अभिनाश पहिलो पटक टिममा, शरदको नाम फिर्ता



गोविन्दराज नेपाल

युएई विरुद्धको सिरिजका लागि १६ सदस्यीय नेपाली टोली घोषणा : पवन, भिम, सन्दिप जोरा र अभिनाश पहिलो पटक टिममा, शरदको नाम फिर्ता

काठमाडौँ : युएई विरुद्ध यही जनवरी २५ देखि फेब्रुअरी ३ सम्म हुने ओडिआई र टी २० आई सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यी नेपाल टोली घोषणा भएको छ।

पहिलो चरणमा छानिएका २० खेलाडीबाट १६ सदस्यीय अन्तिम टोली आइतवार घोषणा भएको हो।

जसमा चार युवा खेलाडीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन्। भिम शार्की, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोराले युएई विरुद्धको सिरिजका लागि टिममा स्थान बनाएका हुन्।

पवन सर्राफ

सन्दिप जोरा

 

अभिनाश बोहरा

'हामीले भविष्यको लागि टिम तयार पार्नुपर्छ भनेर युवा खेलाडीहरुलाई तयार पार्नुपर्छ भनेर उनीहरुलाई राखेका हौँ। उनीहरुले अन फिल्ड र अफ फिल्ड पनि राम्रो गरिरहेका छन्।' प्रशिक्षक जगत टमाटाले अन्तिम सूचीमा आउनु केही समयअघि भनेका थिए।

'हामीलाई यो सिरिजको लागि भन्दा पनि टिममा लामो समयको लागि खेलाडी चाहिएको छ। पवन, भिम, सन्दिप, अभिनाश सबै राम्रो खेलाडी हुन्। उनीहरुको आफ्नै स्टाइल छ।'

'सन्दीप जोरा राम्रो खेलाडी हो। उसले टी २० मा राम्रो खेल देखाएको छ। फिल्डिङ एकदमै राम्रो छ।'

युएई जाने टोलीमा ललित सिंह भण्डारी भने अटाएनन्। ललित, स्पिनर सुशन भारी र फास्ट बलर विक्रम सोब भने वैकल्पिकमा छन्। २० सदस्यीय टोलीमा रहेका शरद भेषावकरले भने नाम फिर्ता लिएको राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा विज्ञप्तीमा उल्लेख छ।

क्याम्पमा रहेपनि बिरामी परेका कारण शरदले नाम फिर्ता लिएको र उनलाई रिकभर हुन ३ देखि ४ हप्ता लाग्ने विज्ञप्तीमा जनाइएको छ।

ललित भण्डारी

यस्तै नेपाली टिममा जोइन हुन लेगस्पिनर सन्दीप लामिछाने भोली बंगलादेशबाट नेपाल आउँदैछन्। 

नेपाली टोली मंगलवार युएई प्रस्थान गर्नेछ।

 

१६ सदस्यीय टोली :

पारस खड्का (कप्तान)

अभिनाश बोहोरा

बसन्त रेग्मी

भिम सार्की

विनोद भण्डारी

दिपेन्द्रसिंह ऐरी

ज्ञानेन्द्र मल्ल

करण केसी

ललित नारायण राजवंशी

आरिफ शेख

पवन सर्राफ

प्रदिप ऐरी

रोहित कुमार पौडेल

सन्दिप लामिछाने

सोमपाल कामी

सन्दिप जोरा

 

वैकल्पिक खेलाडी

सुशन भारी

विक्रम सोव

ललित भण्डारी

 

नेपाल युएईबीचको खेलतालिका:

२५ जनवरी :  पहिलो ओडीआई

२६ जनवरी : दोस्रो ओडीआई

२८ जनवरी :  तेस्रो ओडीआई

३१ जनवरी : पहिलो टि-२०आई

१ फेब्रुअरी :  दोस्रो टि-२०आई

३ फेब्रुअरी :  तेस्रो टि-२०आई

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell