PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सिमरा गोल्डकप : वीरगंजलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : वीरगंजलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

वीरगंज : विभागिय टोली एपीएफ सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको खेलमा वीरगंज एघारलाई पराजित गर्दे एपीएफ अन्तिम आठमा पुगेको हो।

सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपीएफले वीरगंजलाई १-० ले पराजित गर्‍यो। एपीएफका लागि आशिष लामाले निर्णायक गोल गरे।

सुदिप शिखराकारको क्रसमा आशिषले खेलको खेलको ३६औं मिनेटमा गोल गरेका थिए। डिबक्स भित्र पाएको बललाई आशिषले गोलमा परिणत गरेका हुन्।

एपीएफको जीतमा निर्णायक गोल गरेका आशिषले खेलको म्यान अफ दि म्याच घोषित हुदै १० हजार नगद प्राप्त गरे। 

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले थुप्रै अवसर गुमाउन पुग्दा जीतका लागि संघर्ष गर्नुपरेको बताए। वीरगंजका प्रशिक्षक सुलभजंग राणाले बलियो विभागिय टोली विरुद्ध टिमका युवा खेलाडीले तालमेल मिलाउन नसकेको बताए।

प्रतियोगिताअन्तर्गत शनिवार सिएमजी संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ। सात ए डिभिजन र तीन मोफसलको टिम गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell