PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सभामुख कप महिला भलिबल : उपाधिका लागि सशस्त्र र जनपथ प्रहरी भिड्ने



पहिलोपोस्ट

सभामुख कप महिला भलिबल : उपाधिका लागि सशस्त्र र जनपथ प्रहरी भिड्ने

पोखरा : दोस्रो सभामुख कप महिला भलिबलको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्।

पोखरामा भइरहेको दोस्रो संस्करणको प्रतियोगिता शुक्रवारको सेमिफाइनल जित्दै दुई टोलीले फाइनल भेट पक्का गरे।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो।

एपीएफले गण्डकीविरुद्धको खदेल २५-८, २५-१८, २५- ११ ले विजयी भयो।

यस्तै प्रतिपस्पर्धात्मक दोस्रो सेमिफाइनलमा भने पुलिसले प्रदेश नम्बर ३ लाई ३-२ को सेटमा पराजित गरेको हो। काठमाडौँको न्यू डायमण्डका खेलाडी समावेश रहेको प्रदेश ३ विरुद्ध जित हात पार्न पुलिसले धेरै संघर्ष गर्नुपर्‍यो।

पहिलो सेट प्रदेश ३ ले २५-१८ ले जित्दै अग्रता लिएको थियो। पुलिसले दोस्रो सेट २५-२० ले जित्दै १-१ को बराबरी गर्‍यो। तेस्रो सेट २५-२० ले नै जित्दै प्रदेश ३ ले पुन: खेलमा अग्रता लियो। रोमाञ्चक बनेको चौथो सेट पुलिसले ट्राइबेकरमा २७-२५ खेल २-२ को स्थितीमा पुर्‍यायो। त्यसपछि पाँचौ तथा निर्णायक सेट १५-७ ले सहजै जित्दै पुलिसले खेल आफ्नो पक्षमा पारेको हो।

फाइनल खेल शनिवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell