काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'गरुड पुराण' छ। विदेशी फिल्म 'ह्वाई चीट इन्डिया' र 'ग्लाँस' पनि यो साता नेपाल प्रदर्शनमा आएका छन्।
'गरुड पुराण'लाई सुवास कोइरालाले निर्देशन गरेका हुन्। फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेललगायतको अभिनय छ। फिल्म मार्फत प्रियंका सिंह ठकुरीले डेब्यू गर्दैछिन्। फिल्मको 'म त पिरिममा' बोलको गीत यतिखेर चर्चामा छ।
फिल्ममा सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन छ।
यस्तै प्रदर्शनमा आएको बलिउड फिल्म 'ह्वाई चीट इन्डिया'लाई सौमिक सेनले निर्देशन गरेका हुन्। फिल्ममा इम्रान हासमी र श्रेयाको अभिनय छ। एम नाइट निर्देशित हलिउड फिल्म 'ग्लाँस' ड्रामा जनरामा बनेको छ। फिल्ममा जेम्स, साम्यूललगायतको अभिनय छ।