PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वुमन्स टी २० स्म्यास : सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङ, इन्डोनेसियालाई नेपालको १२० रनको लक्ष्य



पहिलोपोस्ट

वुमन्स टी २० स्म्यास : सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङ, इन्डोनेसियालाई नेपालको १२० रनको लक्ष्य

काठमाडौँ : सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेपछि थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यासको पहिलो सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको हो।

नेपालको लागि उपकप्तान सीताले सर्वाधिक ४८ रन बनाइन्। यस्तै इन्दुर बर्माले नटआउट ३७ रन योगदान गरिन्। यी दुईले दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी समेत गरे।

१९औँ ओभरको दोस्रो बलमा रनआउट भएपछि नेपालको लागि महिला टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुनबाट सीता २ रनले चुकिन्। उनले ६२ बल खेल्दै १ चौका प्रहार गरिन्। पहिलो विकेटका लागि काजल श्रेष्ठसँग ३१ रनको साझेदारी गरेकी सीताले दोस्रो विकेटका लागि इन्दु बर्मासँग अर्धशतकिय साझेदारी गरिन्।

यी दुईले ७० रनको साझेदारी गर्दै नेपालले राम्रो स्कोरतर्फ डोहोर्‍याएका थिए। ओपनर काजलले २० बल खेल्दै १४ रन बनाइन्।

इन्दुले ३३ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट ३७ रन बनाइन्। ५ बल खेलेकी नेरी थापाले १ चौका प्रहार गर्दै ५ रन बनाइन्।

यस खेलमा नेपालले तीन वटा कीर्तिमान समेत बनाएको छ। इन्डोनेसिया विरुद्धको स्कोर नेपाली महिला टिमले टी २० मा बनाएको उच्च स्कोर हो। यस्तै व्यक्तिगततर्फ सीताले बनाएको ४८ रन नेपाली खेलाडी उच्च स्कोर हो। दोस्रो विकेटको लागि सीता र इन्दुको साझेदारी पनि नेपालको लागि उच्च साझेदारी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell