PahiloPost

Apr 18, 2019 | ५ बैशाख २०७६

बाइक सेयरिङ 'टुटल' र 'पठाओ'मा प्रमको चासो, यातायात मन्त्रीलाई निर्देशन- तुरुन्त पहिले जस्तै चल्न दिनू


पहिलोपोस्ट

बाइक सेयरिङ 'टुटल' र 'पठाओ'मा प्रमको चासो, यातायात मन्त्रीलाई निर्देशन- तुरुन्त पहिले जस्तै चल्न दिनू

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएको प्रति चासो व्यक्त गरेका छन्। 

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रम ओलीले मन्त्री महासेठलाई जनताको जीवनसँग जोडिएको विषयलाई यसरी हचुवाको भरमा निर्णय किन गरेको भनी सोधेका थिए। 

उनले मन्त्री महासेठलाई निर्णय सच्याएर तत्काल पहिले झैँ चल्न दिन पनि निर्देशन दिएका हुन्।  

 यो साता ट्राफिक प्रहरीले हठात् टुटल र पठाओ जस्ता एपमार्फत् बाइक सेयरिङ गर्नेहरुलाई पक्राउ गरेर जरिवाना तिराउँदै आइन्दा यसो नगर्न सचेत गराएको थियो। पछि मिडियामा ट्याक्सी व्यवसायीहरुको दबाबमा यसो गरिएको आरोप लगाइएको थियो। 

ट्राफिक प्रहरीले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै मातहतमा रहेको हेलो सरकारमा परेको उजुरीलाई सुनुवाई गरेको बताएको थियो। 

बंगलादेशमा मुख्य कार्यालय रहेको पठाओले भर्खरै र केही महिना अघिदेखि नै टुटलले यस्तो सेवा प्रदान गर्दै आएका थिए।  

प्रहरीको कदमको सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको थियो। धेरैले सेवा बन्द गराउने कदमको विरोध गरेका थिए। 

नेविसंघले बुधबार विज्ञप्ति जारी गर्दै चाँडो भन्दा चाँडो यस्ता उद्यमशीलतका कुरालाई सहजीकरण हुने किसिमका नियम कानुन बनाउन सरकारसँग माग गर्दै समृद्घिको बाटोमा राज्य अगाडि बढ्न खोज्दा सरकारले बाधा गरे सडकमा ओर्लेर आन्दोलन गर्ने चेतावनी समेत दिएको थियो। 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व उपप्रम कमल थापाले पनि सरकारको त्यस कदमको विरोध गरेका थिए। 



बाइक सेयरिङ 'टुटल' र 'पठाओ'मा प्रमको चासो, यातायात मन्त्रीलाई निर्देशन- तुरुन्त पहिले जस्तै चल्न दिनू को लागी ४ प्रतिक्रिया(हरु)

Bettina [ 2019-01-27 19:18:45 ]
I’ve been surfing online greater than 3 hours
lately, yet I by no means found any fascinating article like yours.
It is lovely value sufficient for me. In my
opinion, if all website owners and bloggers
made good content as you probably did, the internet will
probably be much more useful than ever before. It is appropriate time to make some plans for the future
and it is time to be happy. I have read this post and if I could
I desire to suggest you some interesting things or suggestions.
Perhaps you can write next articles referring to this article.

I want to read even more things about it! It is appropriate time to make some
plans for the future and it is time to be happy.
I have read this post and if I could I desire to
suggest you some interesting things or advice. Perhaps you could
write next articles referring to this article.
I want to read more things about it! http://www.cspan.net/

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नगेन्द्र थापा [ 2019-01-21 10:50:23 ]
प्रधानमन्त्री को यो कदम एकदम सही छ ।साना साधन हरुले गरीखाको ठुला लाई मन परेन ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Yogendra Kumar shrestha [ 2019-01-17 06:00:04 ]
Dherai ramro Nepal Ko road ani traffic anusar. Aba first thing safety security ani emergency lai dhyanma rakhera rules regulation banayara systematic garnu ramro hola, karan deshma byapta unemployment.........

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Upendra amatya [ 2019-01-16 22:46:52 ]
Ramro dhilai vayapani ghaintoma gham lagecha ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट