काठमाडौं: प्रदेश ३ का प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले आफ्नो एक वर्षे कार्यसम्पादनको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।
उनी विवेकशील साझा पार्टीको तर्फबाट प्रदेश सदस्यमा निर्वाचित भएका हुन्। हालै विभाजन हुँदा विवेकशील नेपालीतर्फ रहेका उनले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका हुन्। सम्भवतः यसरी प्रगति विवरण सार्वजनिक गर्ने विराज पहिलो संसद भएको उक्त पार्टीले दाबी गरेको छ। उनले गरेको यस सुरुवातले अरु संसदहरुलाइ पनि जवाफदेही बन्नको लागि प्रेरित गरेको छ।
२७ पृष्ठ लामो प्रतिवेदनमा उनले सदनमा उठाएका विषयहरु र सचिवालयमा गरेका कार्यहरुसमेत समावेश गरिएको छ।
पछिल्लो समय पार्टी फुटको अवस्थामा रहेको र उनी उज्ज्वल थापाको पक्षमा छन्। श्रेष्ठ तात्कालीन विवेकशील नेपाली दलबाट राजनीतिमा प्रवेश गरेका हुन्।