तेहरान: इरानको फाथ विमानस्थलमा ९ जना यात्रु बोकेको बोइङ ७०७ कार्गो विमान दुर्घटना भएको छ।
अधिकारीहरुले दुर्घटनाका बारे सबै विवरण नआएको र मानवीय क्षतिबारे सूचना प्राप्त नभएको बताएको छ।
इरानको टेलिभिजन च्यानलहरुले विमानस्थलबाट धुँवाहरु आइरहेको भिडियो प्रशारण गरेको रोयटर्सले जनाएको छ। रोयटर्सले विमानमा ९ जना रहेको बताएपनि त्यसमा १० जना रहेको अनुमान गरिएका मिडिया रिपोर्टहरु समेत सार्वजनिक भएका छन्।
Plane crash in west of Tehran#Plane_crash #crash #west_of_Tehran #tehran #iran
— Iran Press News Agency (@iranpress_com) January 14, 2019
A Boeing 707 has crashed into Safadasht, in the west of Tehran amid severe weather conditions. pic.twitter.com/WUW6UycIGl
दुर्घटना लगत्तै उद्धारकर्मी परिचालन गरिएको बताइएको छ।
दुर्घटनामा परेको कार्गो विमान इरान वा अरु कुनै राष्ट्रको भएको पुष्टि नभएको बताइएको छ।