PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भैसेपाटीमा मन्त्री र मुख्यमन्त्रीको आवास बनाउने योजनाको विरोध



भैसेपाटीमा मन्त्री र मुख्यमन्त्रीको आवास बनाउने योजनाको विरोध

काठमाडौं: सांसदहरुको आवास गृह निर्माणका लागि छुट्टयाइएको जग्गामा मन्त्री र मुख्यमन्त्रीहरुको आवास बनाउन लागेको भन्दै सांसदहरुले विरोध जनाएका छन्।

केही दिनअघि सरकारले भैंसेपाटीमा मन्त्री र मुख्यमन्त्रीहरुको आवास गृह निर्माण गर्ने निर्णय गरेको थियो।

आजको प्रतिनिधि सभाको बैठकमा सांसद हरिराज अधिकारीले उक्त निर्णयको विरोध गरेका छन्।

अधिकारीलाई सांसद हरिबोल गजुरेलले पनि समर्थन गरेका छन्।

‘सांसदहरुको आवास बनाउने ठाउँमा मन्त्रीको आवास बनाउनु गलत हो। यो संसद र सांसदप्रति अपमान हो, यसमा विचार गरियोस, अधिकारीले संसदमा भने।

सांसद हरिबोल गजुरेलले अधिकारीको मागमा समर्थन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell