PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पाँच वर्षपछि भएको ए डिभिजन लिगमा ह्याट्रिक नै भएन, यस्तो छ तथ्याङ्क



पहिलोपोस्ट

पाँच वर्षपछि भएको ए डिभिजन लिगमा ह्याट्रिक नै भएन, यस्तो छ तथ्याङ्क

काठमाडौँ : अखिल नेपाल फुट संघले झण्डै पाँच वर्षपछि आयोजना गरेको शहिद स्मारक ए डिभिजन लिग मंगलाबार समाप्त भएको छ।

गत असोज १३ गतेदेखि सुरु भएको सिगल राउण्ड रोविन लिगमा यस पटक एउटा विषयले सबैलाई आश्चर्यमा पार्‍यो।

चार महिनाको अवधीमा कूल ९१ खेल भए। तर एउटै ह्याट्रिक भएन। केही खेलाडी ह्याट्रिकको नजिक पुगेपनि सफल हुन सकेनन्।

ननरेलिगेशन लिगमा समेत कुनै पनि खेलाडीले ह्याट्रिक गर्न नसक्नु आश्चर्य नै भएको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास तीन पटक ह्याट्रिकको नजिक पुगेर पनि सफलता हात पार्न सकेनन्। उनले हिमालयन शेर्पा, सरस्वती युथ क्लब र मछिन्द्र क्लबविरुद्ध २-२ गोल गरेका थिए। सरस्वती विरुद्ध भरत ह्याट्रिकको नजिकै पुगेपनि उनको प्रहार सरस्वतीका खेलाडीलाई डिफ्लेक्ट भएर गोल भएपछि ह्याट्रिक हुन सकेन। यसबाहेक अन्य १६ खेलाडीले पनि एकै खेलमा २ गोल गरेपनि ह्याट्रिक भने गर्न सकेनन्।

 

सर्वाधिक गोलकर्ता

ओलावाले अफिज (मनाङ) ७ गोल

रन्जित धिमाल (थ्री स्टार) ७ गोल

भरत खवास (आर्मी) ७ गोल

रन्जन विष्ट (थ्री स्टार) ६ गोल

युवराज खड्का (एपीएफ) ६ गोल

विश्वास श्रेष्ठ (हिमालयन शेर्पा) ६ गोल

अन्जन विष्ट (मनाङ) ५ गोल

अमित तामाङ (संकटा) ५ गोल

 

लिगमा कूल १०१ खेलाडीले गोल गरे भने २२०० गोल भयो। यसमा आत्मघाती गोल जोडिएको छैन।

 

पहँलो कार्ड : लिगमा कूल १४६ खेलाडीले पहँलो कार्ड पाए। दोहोरो पहेँलो कार्ड समेत गणना गर्दा २४६ पटक पहेँलो कार्ड देखाइयो। मनाङ मर्स्याङ्दीका र आफिज ओलावाले र जावलाखेलका एडामा दोम्बिया सबैभन्दा धेरै ५-५ पहेँलो कार्ड पाउने खेलाडी रहे।

 

रातो कार्ड :

यस सिजन लिगमा कूल १० वटा रातो कार्ड देखाइयो। दश फरक खेलाडीले रातो कार्ड पाए। त्यसमध्ये ४ रातो कार्ड सिधा थियो भने बाँकीले दोहोरो पहेँलो कार्का कारण रातो कार्ड पाएका थिए।

रातो कार्ड पाउने खेलाडीहरु

एलोन म्याक्सवेल (संकटा) जावलाखेल विरुद्ध (दोहोरो पँहेलो)

विश्वास उदास (एपिएफ) ब्रिगेड ब्वाइज विरुद्ध

कुलदीप कार्की (जावलाखेल) थ्री स्टार विरुद्ध

फ्रान्सिस (सरस्वती) एनआरटी विरुद्ध (दोहोरो पँहेलो)

सन्तोष साहुखल (च्यासल) ब्रिगेड ब्वाइज विरुद्ध (दोहोरो पँहेलो)

आशिष गुरुङ (शेर्पा) फ्रेन्डस् विरुद्ध (दोहोरो पँहेलो)

गौरव बुढाथोकी (च्यासल) एपिएफ विरुद्ध (दोहोरो पँहेलो)

सुसन लामा (सरस्वती) आर्मी विरुद्ध (दोहोरो पँहेलो)

विश्वास श्रेष्ठ (शेर्पा) मनाङ विरुद्ध

मोहम्मद आसिफ (मनाङ) शेर्पा विरुद्ध

 

नोट : सबै तथ्याङकहरु एन्फाको आधिकारिक वेव साइट अनुसार राखिएको हो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell