PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

किमसँग दोस्रो वार्ताका लागि सुरक्षित स्थान खोज्दै ट्रम्प, कहिले होला भेट?



किमसँग दोस्रो वार्ताका लागि सुरक्षित स्थान खोज्दै ट्रम्प, कहिले होला भेट?
Photo: CGTN

काठमाडौँ : संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि छलफल भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ताका लागि छलफल चलिरहेको बताइएको छ। 

दोस्रो वार्ता हुने स्थानको विषयमा छलफल भइरहेको उनले बताएका हुन्। ‘हामी उत्तर कोरियाका नेता किमसँगको वार्ता हुने स्थानको विषयमा छलफलमा छौँ,’ आइतबार क्याम्प डेभिडका लागि प्रस्थान गर्नु अगाडि उनले भने। 

उनले वासिङटन र प्योङयाङबीच अत्यन्त राम्रो संवाद भइरहेकोसमेत बताए। यद्यपि उनले उत्तर कोरियामाथि रहेको नाकाबन्दी भने यथावत् रहने बताए। उनले वार्ता हुने स्थान शीघ्र सार्वजनिक गर्ने बताएको बीबीसीले जनाएको छ। 

‘मैले अहिले यति भन्छु, उत्तर कोरिया, हामीले राम्रो गरिरहेका छौँ। र फेरि कुनै पनि रकेट उड्ने छैनन्। यहाँ केही पनि छैन। हामीले राम्रो गरिरहेका छौँ,’ ट्रम्पले भने, ‘यदि म बाहेक कोही पनि राष्ट्रपतिमा निर्वाचित भएको भए तपाईँहरू यति वेला युद्धमा हुनुहुन्थ्यो।’ 

ट्रम्प प्रशासनले दुई नेताको भेटवार्ताको स्थान तय गर्नका लागि टोली खटाएको छ। एसियकासहितका विभिन्न क्षेत्रमा ट्रम्प प्रशासनले यस्तो टोली खटाएको हो। यसअघि अमेरिकाले प्रस्ताव गरेको स्वीट्जरल्याण्ड भने यसमा नपरेको बताइएको छ। 

ट्रम्पले गत साता मात्र दोस्रो भेटका लागि छलफल भइरहेको र धेरै टाढा नभएको बताएका थिए। उनले किमबाट उत्कृष्ट पत्र प्राप्त गरेकोसमेत बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell