PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

प्रश्न गर्न नदिएको भन्दै संसदमा कांग्रेसको अवरोध प्रयास



प्रश्न गर्न नदिएको भन्दै संसदमा कांग्रेसको अवरोध प्रयास

काठमाडौं: प्रतिनिधि सभामाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलसहित सत्ता रुढ दलका सांसदहरुले प्रश्न गर्न समयको माग गरेका थिए।

तर सभामुखले प्रश्नको समय उपलब्ध नगराउँदा कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गरेका छन्। सांसदहरुले रोस्टम घेराउ गरेपनि सभामुख कृष्णबहादुर महराले संसद चलाउँदै अर्थ समितिका सभापतिलाई प्रतिवेदन पेश गर्न निर्देशन दिए।

कांग्रेस सांसदहरुको होहल्लाका बीच अर्थ समितिको प्रतिवेदन पेस भएको छ।

प्रश्नको माग गर्दै कांग्रेससहित सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरी र नेमकीपाका सांसदले प्रश्न गर्न पाउनु पर्ने भन्दै उठेका थिए।
सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell