PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रेशम चौधरीले थारु भाषामा लिए शपथ, संसद सचिवालयबाट बुझे लोगो



बीपी साह

रेशम चौधरीले थारु भाषामा लिए शपथ, संसद सचिवालयबाट बुझे लोगो

काठमाडौं: राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले आज शपथ लिएका छन्। सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। कृषि समितिको हलमा भएको शपथ ग्रहणमा चौधरीले थारु भाषामा शपथ लिए।

डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो। चौधरीले संसद सचिवालयबाट लोगोसमेत बुझेका छन्। शपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका उपस्थित थिए।

सांसद चौधरीले सचिवालयलाई पत्र लेख्दै शपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए। 

प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो मतान्तरसहित विजयी भएका थिए।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरी अहिले थुनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell