PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

न्यू इयर इभमा रमाइलो गर्न गएका ४ युवतीसहित ६० जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

न्यू इयर इभमा रमाइलो गर्न गएका ४ युवतीसहित ६० जना प्रहरी नियन्त्रणमा

काठमाडौँ : ‘न्यू इयर इभ’को अवसरमा जथाभावी होहल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायत ६० जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार राती उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ५६ जना पुरुष र ४ जना युवती रहेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। बोगटीले भने, 'इभको समयमा आपराधिक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएका छौं। आवश्यक कारबाहीको तयारी भइरहेको छ।'

अधिकांशलाई दरबामार्ग र ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको डिएसपी बोगटीले जानकारी दिए। राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। 

त्यस्तै प्रहरीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको छ। स्वयम्भू क्षेत्रमा जुवा खेलिरहेको अवस्था नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ४ लाख ५९ हजार रुपैयाँ समेत बरामद गरेको  छ।

सुरक्षालाई ध्यानमा राख्दै सबैभन्दा बढी चहलपहल हुने दरबार मार्ग, ठमेल, क्षेत्रपाटी लगायतका स्थानमा मात्र नियमित भन्दा ६ सय भन्दा बढी प्रहरी खटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell