PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

ए डिभिजन लिग : आर्मीको चौथो बराबरी, फ्रेण्ड्स विरुद्ध ब्रिगेड ब्वाइजको शानदार जित



पहिलोपोस्ट

ए डिभिजन लिग : आर्मीको चौथो बराबरी, फ्रेण्ड्स विरुद्ध ब्रिगेड ब्वाइजको शानदार जित
file photo

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु अगाडी उपाधिको मुख्य दाबेदारमध्ये एक रहेको त्रिभुवन आर्मीलाई अब दोस्रो पनि मुस्किल छ।

लिग अन्तर्गत सोमवार हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष तीनमा रहने आर्मीको लक्ष्यमा पनि धक्का लागेको छ।

आर्मीले यस सिजन खेलेको यो चौथो बराबरी हो।

बराबरीपछि १२ खेलबाट आर्मीको २२ अंक छ र चौथो स्थानमा यथावत छ। बर्मीले अब एक खेल मात्र खेल्न बाँकी छ। आर्मीले उक्त खेल जितेमा २५ अंक जोड्नेछ। दुई खेल खेल्न बाँकी रहेको संकटा २५ अंकसहित दोस्रो तथा २३ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा छ।

आर्मीले यस सिजन ६ खेल जित्दा मनाङ मर्स्याङ्दी र एपीएफसँग हार बेहोरेको थियो।

आर्मीलाई बराबरीमा रोकेपछि १२ खेलबाट १२ अंक जोडेको जावलाखेल नवौँ स्थानमा यथावत छ।

यस्तै विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरेपछि एन्फा कम्प्लेक्स मैदानमा सोमवारै भएको खेलमा ब्रिगेड ब्वाइजले फ्रेण्ड्स क्लबलाई ३-० ले पराजित गरेको छ।

जितपछि १२ खेलबाट ९ अंङ्क जोडेको ब्रिगेड ११औँ स्थानमा उक्लेको छ। ब्रिगेडलाई शानतदार जित दिलाउन कजिम एडेगोके बोसरीले दुई तथा अब्दु करिम एनसिहले एक गोल गरे।

 

अंकतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell