PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बंगलादेश निर्वाचन : शेख हसिनाको ह्याट्रिक



बंगलादेश निर्वाचन : शेख हसिनाको ह्याट्रिक

काठमाडौंः शेख हसिजा वाजेदका लागि बंगलादेशको प्रधानमन्त्रीमा तेस्रो पटक निर्वाचित हुने बाटो खुलेको छ। 

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको पार्टी अवामी लिगले बहुमत हासिल गरेको छ। निर्वाचन भएका ३ सय ५० सिटमध्ये २८८ सिटमा उनको पार्टी नेतृत्वको गठबन्धन ग्राण्ड एलाइन्सले विजय हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

गठबन्धनमा रहेको सत्तारुढ दल अवामी लिगले मात्र २५९ सिट जितेको छ। त्यस्तै जातीय पार्टीले २०, बङ्गलादेश नेशनल पार्टी (बीएनपी)ले ५ सिट जितेको छ। वर्कर पार्टीले ३ सिट जित्दा ३ स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् भने गोनो फोरमले, विकल्प धारा बङ्गलादेश र जेएसडीले २÷२ सिट जित हात पारेका छन्। जेपीले र तरिकात फेडरेशनले एक÷एक सिट जित हात पारेको छ। 

विपक्षी बीएनपी नेतृत्वको गठबन्धनले जम्मा ८ सिट हात पारेको छ। 

योसँगै सत्तारुढ दलले दुई तिहाइ बहुमत हात पारेको छ। सत्तारुढ दलको दबदबा रहेको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउँदै शेख हसिना तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने बाटो खुलेको छ। 

सन् २००८ मा बङ्गलादेश नेशनल पार्टीलाई पराजित गरेसँगै उनी सत्तामा आसीन छन्। सन् १९९६ मा प्रधानमन्त्रीको रूपमा पहिलो पटक शपथ लिएकी हसिनाले २७ वर्ष पछि २००८ मा पुन प्रधानमन्त्रीको रूपमा शपथ लिएकी थिइन्। योसँगै हसिना लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदै छिन भने उनको यो चौथो कार्यकाल पनि हुने छ। 

निर्वाचनमा पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेशनल पार्टी नेतृत्वको गठबन्धन र २० दलीय गठबन्धनले कमजोर प्रदर्शन गरेका छन्। जिया हाल जेलमा छिन्। उनको पार्टी बीएनपीले जातीय पार्टी भन्दा कम सिट लिएको छ। 

हाल प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको जातीय पार्टी निर्वाचन अगाडि अवामी लिग नेतृत्वको गठबन्धनमा सामेल भएको थियो।

मुस्लिम धर्मावलम्बी बाहुल्य रहेको बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागी भएका थिए। आइतबार निर्वाचनका क्रममा झडपमा हुँदा १९ जनाको मृत्यु भएको थियो। त्यस्तै २२ वटा केन्द्रमा मतदान खारेज भएको थियो भने २६ हिंसात्मक घटना भएका थिए। 

शेखलाई बधाई

यसैबिच निर्वाचनमा दुईतिहाई बहुमत हासिल गरेसँगै प्रधानमन्त्री हसिनालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले हसिनालाई टेलिफोन गर्दै बधाई दिएको मोदीका प्रेस सचिव इसानु करिमले जनाएका छन्। त्यस्तै भारतको पश्चिम बंगालकी मुख्मन्त्री मता वेनर्जीले पनि हसिनालाई बधाई दिएकी छन्। 

यसैबिच जितसँगै हसिनाले आजै पत्रकारहरू, पर्यवेक्षकहरुलाई सम्बोधन गर्ने भएकी  छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell