PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'बार्सिलोनाले नराम्रो खेल्यो भने छोराले सोध्छ, हामीले किन जित्न सकेनौँ'



पहिलोपोस्ट

'बार्सिलोनाले नराम्रो खेल्यो भने छोराले सोध्छ, हामीले किन जित्न सकेनौँ'

स्पानिस क्लब बार्सिलोना क्रिसमसको बिदामा ला लिगाको शीर्ष स्थानमा छ। जसमा कप्तान समेत रहेका लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

बार्सिलोनाका नम्वर १० खेलाडीले ओसमान डेम्बेलेदेखि एकेडेमी, डिफेन्सिभ ट्रबोल र पारिवारिक जीवनको बारेमा बारेमा स्पानिस अनलाइन मार्कालाई अन्तर्वार्ता दिएका छन्।


फेरि अर्को वर्ष, र पाँचौ गोल्डेन बुट। कस्तो अनुभव हुन्छ, तपाईँ यो जितेर थकित हुनुभएको छैन?

परिचयका लागि यो राम्रो पुरस्कार हो। यो पुरस्कार सबैको लागि हो। जस्तै गोलकिपरले जामोरा ट्रमी जित्छन्। यो टिमको लागि सामान्य पुरस्कार हो र म फेरि यो जित्न सफल भएँ।

पाँचौ गोल्डेन बुट, पाँचै बालोन डे'ओर,  के पाँचौ च्याम्पियन्स लिग यसमा छुटेको हो ?

त्यसो भएदेखि त राम्रो हुने थियो। हामीले यो सिजनको सुरुवातमा भनेका थियौँ, च्याम्पियन्स लिग सधैँ विशेष हुन्छ किनकी यसको अर्थले गर्दा र हामी यो फेरि जित्न चाहन्छौँ।।

तपाईंको जीवनको यो समयमा, फुटबल नै अझै मुख्य प्राथमिकतामा छ वा परिवारले यसलाई पछाडि पारेको छ?

जबदेखि मेरो सन्तान भए, प्राथमिकतामा सधैँ मेरो परिवार नै छ । यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। पक्कै पनि मलाई फुटबल मन पर्छ र म त्यसैका लागि बाँचिरहेको छु तर, परिवार सबैभन्दा माथि छ।

के तीन सन्तान नै ठिक छ कि अझै सन्तानको चाहनामा हुनुहुन्छ?

सिरो अहिले बल्ल हुर्कदै छ। एन्टोनेला र म एउटा छोरी होस् भन्ने त सोचिरहेका छौं तर हेर्दै जाम त्यसबारे सोच्न अहिले हतार हुने छ।

तपाईंको छोराहरु माटिओ र थियागोलाई पनि क्याम्प नाउमा देखिन्छ, उनीहरुले त्यस्तो के सोध्छन् जसले तपाईँको दिमाखलाई तान्छ?

उनीहरु दुवैलाई फुटबल एकदमै मन पर्छ। थियागोले अलि राम्ररी नै बुझ्छ किनकी उ ठूलो पनि भयो र उसले खेलका बारेमा सबै कुरा गरिरहेको हुन्छ। खेलमा उ मज्जाले डुब्छ।

के ऊ आफ्नो बुवाले यस्तो गर्नुपर्छ भनेर माग गर्छ?

हो हो, …. मैले कतिपटक छोराको आलोचना व्यहोरेको छु। ऊ बार्सिलोनाका खेलहरु हेर्छ, ला लिगा र च्याम्पियन्स लिगमा। उसलाई मन पर्छ, प्रश्नहरु सोध्छ, रिपोर्ट गर्छ र राम्रो नभएको बेला मलाई भन्छ।

बार्सिलोनाले हारेको बेला तपाईं घरमा गएर फुटबलको कुरा गर्नुहुन्न भन्छन्, यो सत्य हो?

पहिले त हो, अहिले त्यस्तो छैन। हार र खराब प्रदर्शनलाई पचायन सँधै गाह्रो हुन्छ। तर, घरमा पुगेपछि थियागोले के भयो? भनेर सोधिहाल्छ किन त्यस्तो भयो भनेर? हामीले किन जित्न सकेनौँ। हामी अहिले धेरै कुरा गर्छौँ।

तपाई अहिले छुट्टीमा अर्जेन्टिनामा हुनुहुन्छ, कसरी क्रिसमस मनाइरहनुभएको छ?

जब समय मिल्छ हामी त्यहाँ क्रिसमस मनाउँछौँ। त्यो विशेष र सुन्दर दिन हुनेछ। सबै जना भेटघाट गर्छौँ। मौसम राम्रो हुन्छ र हामी रमाउँछौँ। बच्चाहरुसँगको त्यो दिनहरु छुट्टै हुन्छ। उनीहरुसँग तपाईले बढी रमाइलो गर्न सक्नुहुन्छ किनकी सान्ता क्लब छ।

तपाईंको बार्सिलोना टिममेट गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनालाई विश्वकपमा जर्मन टिममा दोस्रो रोजाइँमा राखियो। त्यसमा केही अन्याय भएको हो, वायर्न म्युनिखमा इन्जुरी भएका मानुएल नोएलाई पहिलो रोजाईमा राखियो ?

यो अचम्म लाग्दो कुरा हो। मार्कको गएको वर्ष निकै राम्रो भएको थियो तर त्यो उनीहरुकै निर्णय हो।

तपाईंलाई के चाहिन्छ, लरेय सानेजस्ता टिममेट कि पेप गार्डिओला जस्ता प्रशिक्षक?

राम्रा खेलाडीसँग खेल्नु त सधैँ उत्कृष्ट हुन्छ। यो प्रश्न अलि कठिन छ तर फेरि गार्डिओलासँग काम गर्न मन छ। उनी  विश्वका उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्।

अहिले नेदरल्याण्डका डे लाइट र डे जङको धेरै चर्चा छ, र स्पेनमा पनि। तपाईले उनीहरु खेलेको देख्नुभएको छ? तपाईलाई लाग्छ ति खेलाडीहरु बार्सिलोनाको शैलीमा फिट हुन्छन?

उनीहरुले फुटबलमा आएको ठाउँ हाम्रो समान छ र उनीहरुले त्यही अनुसार खेलिरहेका छन्। उनीहरुले हामीले जस्तै बललाई खेल्छन्। उनीहरु राम्रो खेलाडी हुन्। दुई राम्रो खेलाडी।

तपाईको पूरा हुन नसक्ने केही सपना छन्?  जुन तपाईंले चाहनुभएको छ तर, हुँदैन जस्तो लाग्छ?

असम्भव भन्ने कुरा केही पनि छैन। सोचेको कुरा पाउनका लागि हामीले धेरै मेहनत गर्नुपर्छ आफ्नो सबै दिनुपर्छ। त्यस्तो मनस्थितमा मेहनत र परिश्रम गरे केही असम्भव छैन।

केही समय अघि तपाईंले पेनाल्टी हान्न अलि सुधार गर्नुपर्ने छ भन्नुभएको थियो। कसरी सुधार गरिरहनुभएको छ? तपाईले गोलकिपरहरुको भिडियोहरु हेर्दै तयारी गर्नुहुन्छ?

अभ्यास र हेर्छु पनि। अहिले हामी हरेक कुरा अध्ययन गर्छौँ, फल, पेनाल्टी र खेल। हरेक कुराको विश्लेषण गरिन्छ र परिवर्तनको लागि कुनै कुरा छाडिन्न।

तपाईले फ्रिकिक हान्ने बेला बल जब मैदानमा मिलाउनुहुन्छ, आधा त गोल नै भइसक्यो जस्तो लाग्छ। पेनाल्टी र फ्रिकिकमा धेरै फरक छ जस्तो लाग्छ?

फरक छ नि। फ्रिकिकमा बार हुन्छ र दूरी पनि फरक हुन्छ। फ्रिक फरक खालको सट हो र यसमा गोल गर्नैपर्छ भन्ने प्रेसर हुँदैन। पेनाल्टीमा तपाईले जित्ने भन्दा गुमाउने धेरै हुन्छ। यसमा गोलकिपर कम्फटेबल हुन्छ। यसमा प्रेसर फरक खालको हुन्छ।

गएको सिजन बार्सिलोनाको अफेन्सिभ भन्दा डिफेन्सि रेकर्ड धेरै बनायो। यो वर्ष के भइरहेको छ बार्सिलोनाले धेरै गोल खाइरहेको छ?

यो वर्ष हामीले फेरि ४-३-३ को फर्मेसनमा खेलिरहेका छौँ। गएको वर्ष हामीले चार/चार खेलाडीको दुई लाइन बनाएका थियौँ रथोरै स्पेश मात्र खाली हुन्थ्यो जसमा गोल गर्न कठिन हुन्थ्यो।

अहिले ४-३-३ मा हामीले पोसेसन राम्रो बनाएका छौँ र पहिलेभन्दा राम्रो खेलेका छौँ तर डिफेन्समा राम्रो नहुँदा विपक्षीले स्पेश पाइरहेका छन्। पछिल्ला केही खेलमा भने हामीले डिफेन्समा सुधार गरेका छौँ र आशा छ त्यो राम्रो हुनेछ।

युथ सिस्टमबाट आएका खेलाडीबाट तपाई आश्चर्यमा हुनुहुन्छ?

पक्कै हो। तर उनीहरु हामीसँग केही समयदेखि ट्रेनिङ गरिरहेका छन्। र उनीहरु राम्रो खेलाडी हुन् भन्ने तपाईलाई अनुभव भएको छ। क्लबले पनि उनीहरुको क्षमता बढाउन काम गरिरहेको छ र उनीहरुलाई हामीसँगै ट्रेनिङ गराएर अझ राम्रो बनाएको छ। यो राम्रो अभ्यास हो।

तपाईलाई के लाग्छ हामी फेरि बार्सिलोना टिममा बार्सा एकेडेमीकै ११ खेलाडीलाई खेलिरहेको हेर्न पाउँछौँ?

यो अली कठिन नै हुन्छ। युवा टिमका खेलाडीलाई फस्ट टिममा पर्न असम्भव नहुन सक्छ र भविष्यमा यो हुन पनि सक्छ तर त्यसका लागि समय लाग्छ।

सर्जियो बुस्केट्सले केही समय अगाडि युवा खेलाडीमालई मुख्य टिममा आउन हतारो गर्छन् र उनीहरुले त्यस प्रकारको खराब कुरालाई हटाउनुपर्छ। तपाईलाई के लाग्छ?

हामी फुटबलमा आएको समय अर्कै थियो। हामी अहिलेको अर्कै अवस्थामा बसिरहेका छौँ र के देख्छौँ त्यसलाई ग्रहण गर्नुपर्छ। यो सत्य हो कि युवा खेलाडीलाई अफरहरु आइरहेको छ। अहिले पस्ट टिममा पर्न उनीहरुलाई कठिन होला तर अन्य स्थानमा उनीहरुलाई अवसर दिइहरेको छ। र यो पैसाको लागि होइन।

यो सिजन जोर्दी अल्वाको विकल्पमा कसलाई खेलाउने पक्का छैन। सामुएल उमटिटी अझै समस्यामा छन् र रफिन्ना पनि यो सिजनलाई आउट भइसकेका छन्। के बार्सिलोनाको स्क्वाएड खुम्चिँदै भएको हो। तपाईको विचारमा जनवरीमा टिम फेर्नुपर्छ?

यो प्रशिक्षक र क्लबले भन्ने कुरा हो।  व्यक्तिगत रुपमा भन्नुपर्दा हामीसँग उत्कृष्ट टिम छ। र त्यसमा एकेडेमीको खेलाडीहरु पनि थपिएका छन्। र उनीहरु कुनै सम्या बिना हामीसँग खेल्न सक्छन्।

आन्द्रेस इनेस्टाको कत्तिको याद आउँछ?

एकदमै, मैदान भित्र र मैदानबाहिर। हामीले धेरै वर्ष सँगै बितायौँ र धेरै कुरा सेयर गर्‍यौँ। धेरै समय अभ्यासका बेला, मैदानमा र फुटबलभन्दा बाहिरको अवस्था पनि। पक्कै यो अनौठौ छ।

यो सिजनको ला लिगा अहिलेसम्मकै प्रतिस्पर्धात्मक हो?

आजभोलि कुनै पनि क्लबविरुद्ध जित सहज छैन। लिग निकै प्रतिस्पर्धात्मक छ, जित्न कठिन छ।

ला लिगाको चाहना अनुसार लिग धेरै प्रतिस्पर्धात्मक हुनु राम्रो हो? जसमा तीन ठूला क्लब भन्दा अरु पनि सामेल छन्।

स्पानिस लिगको बारेमा धेरै पटक यसो भनिएको छ। तर धेरै प्रतियोगिताहरु छन् जहाँ यस्तै कुरा हुन्छ। दुई देखि तीन क्लबबीच प्रतिस्पर्धा हुन्छ र अरु टिमले अरु नै च्याम्पियन्सिप खेल्छन्। सजिलो छैन। यो प्रतियोगिता र फ्यान्को लागि राम्रो हो।

यो विषयमा धेरै कुरा भइसक्यो, तर यसवर्ष बालोन डे’ओरको वरियतामा पाँचौँ नम्बरमा हुँदा तपाईँ आश्चर्यमा पर्नुभयो?

यदी मैले नढाँटी मनैदेखि भन्ने हो भने म यो ठूलो पुरस्कार भएपनि यसमा धेरै महत्व दिन्न। यस सिजन मलाई पहिला नै थाहा थियो मैले जित्ने अवस्था छैन भन्ने र म आश्चर्यचकित भइन।

यस सिजन च्याम्पियन्स लिगमा बार्सिलोनाले राम्रो गरिरहेको छ, यो वर्ष केही भिन्न हौसला मिलिरहेको हो?

हरेक वर्ष च्याम्पियन्स लिग जित्ने इच्छा हुन्छ। च्याम्पियन्स लिग भिन्न छ, विशेष छ र मैले खेलेको मध्ये सबैभन्दा राम्रो प्रतियोगिता। यो एकदमै फरक प्रतिस्पर्धा हो की हामी सबै यो जित्न चाहन्छौँ।

टोटनहम विरुद्ध ओसमान डेम्बलेको गोल निकै आकर्षक थियो। उनी राम्रो खेलाडी हुन् तर उनले सोचेअनुसार मैदानबाहिर उनले अझै परिपक्वता देखाउनुपर्ने हो?

मैदानमा उनी असाध्यै राम्रा छन्। उनको खेल उत्कृष्ट छ। अब बाँकी उनमै निर्भर हुन्छ। उनीसँग अहिले विश्वमा सबालको अवसर छ उनी के गर्न चाहन्छन्। उनी बेस्टमध्ये एक हुन सक्छन। अर्कोतर्फ यनी युवा नै छन्, जो बार्सिलोना शहर र सिटीमा घुलिमिल हुँदैछन्। यसबारे जती थोरै कुरा हुन्छ त्यो राम्रो हो।

उसलाई आफ्नो तरिकामा छाडिदिनु पर्छ जसले गर्दा उनी शान्त हुन्छन्। उनले आफ्नो गल्तीलाई पहिलचान गरिसकेका छन् र सुधार गरेका छन्। हामी उनलाई फुटबलमा फोकस हुन सहयोग गरिरहेका छौँ।

रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोलाई याद गरिरहेको देखेर आश्चर्य लाग्यो ?

मैले सिजनको सुरुमा नै पनि भनिसकेँ, रियल मड्रिड उत्कृष्ट क्लब हो, विश्वकै बेस्टमध्ये एक क्लब जससँग राम्रा खेलाडीहरु छन्। तर जो कसद्ये पनि क्रिस्६यानोलाई याद गर्छ। उनी धेरै गोल गर्छन् र उनले टिममा अरु धेरै कुरामा सहयोग गर्छन् त्यसैले यसले मलाई आश्चर्य लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell