PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ए डिभिजन लिग : फ्रेण्ड्सलाई हराउँदै संकटा दोस्रो स्थानमा, आठौँ जितपछि मनाङसँग अंक बराबरी



पहिलोपोस्ट

ए डिभिजन लिग : फ्रेण्ड्सलाई हराउँदै संकटा दोस्रो स्थानमा, आठौँ जितपछि मनाङसँग अंक बराबरी

काठमाडौँ : संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ।

सोमवार भएको खेलमा फ्रेण्ड्सलाई ३-१ ले पराजित गर्दै संकटाले शीर्ष स्थानमो मनाङ समान २४ अंक जोडेको हो। समान अंक भएपनि संकटा गोल अन्तरमा पछि छ। मनाङले एक खेल कम खेलेको छ।

हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा संकटालाई सिजनको आठौँ जित दिलाउन विदेशी खेलाडी एलोन म्याक्सवेल, एर्नेस्ट थम्पी  र दिपेश आले मगरले एक-एक गोल गरे। फ्रेण्ड्सका लागि प्रेजन तामाङले एक गोल गरे।

आजै भएको अर्को खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। यससिजन सरस्वतीको यो पहिलो तथा जावलाखेलको दोस्रो बराबरी हो। बराबरीपछि ९ खेलबाट १० अंकहसित सरस्वती नवौँ स्थानमा यथावत छ भने समान खेलबाट ८ अंक रहेको जावलाखेल दशौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell