PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध उजुरीको आह्वान



पहिलोपोस्ट

प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध उजुरीको आह्वान

काठमाडौं : प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध उजुरी आह्वान गरिएको छ। 

हिजो बसेको संसदीय सुनवाइ समितिको बैठकबाट प्रस्तावित प्रधान न्यायाधीशमाथि सुनवाइ सुरु भएसँगै समिति आज उजुरीको आह्वान गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश जबरा मंसिर २७ गते संवैधानिक परिषद्बाट संसदीय सुनवाइका लागि सिफारिस भएका हुन्।

न्यायाधीश जबरा प्रधान न्यायाधीश पदका लागि अनुपयुक्त लागेमा पुस ११ गतेसम्म कार्यालय समयभित्र जो कोहीले पनि उजुरी दिन सक्ने आह्वानमा उल्लेख छ।

उजुरीकर्ताहरुले आफ्नो नाम, थर, वतन र सम्पर्क उल्लेख गर्नुपर्ने हुन्छ तर ती सबै गोप्य राख्न चाहनेका लागि पनि विशेष व्यवस्था गरिएको छ।
प्रधान न्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण अवकाश हुन लागेका छन्। सर्वोच्चबाट उनी बाहिरिनुपूर्व नै प्रधान न्यायाधीशमा नियुक्ति भइसक्नु पर्नेछ।

यसअघि संसदीय सुनवाइबाट न्यायाधीश दीपकराज जोशी अस्वीकृत भएका थिए। संवैधानिक परिषदमा जोशीको नाम पनि सिफारिस गरिएको थियो। तर, परिषद्ले जबराको नाम मात्र सुनुवाइका लागि सिफारिस गरेको हो। यसअघि सिफारिसमा परेका जोशीलाई संसदीय सुनुवाइले अस्वीकृत गरेकाले यसपाला उनको नाम सिफारिस भएन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell