PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नुवाकोटमा ट्रक दुर्घटना, १६ जनाको शव निकाल्यौं : डिएसपी भट्टराई



पहिलोपोस्ट

नुवाकोटमा ट्रक दुर्घटना, १६ जनाको शव निकाल्यौं : डिएसपी भट्टराई

काठमाडौं : नुवाकोटको दुचेश्वर घ्याङफेदीमा ट्रक दुर्घटनामा हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ। समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईले पहिलोपोस्टलाई भने, 'अहिलेसम्म १६ जनाको शव बाहिर निकालिएको छ। अझ खोज्नेक्रम जारी छ।' 

उनका अनुसार अध्यारो भएकाले उद्दार कार्य कठिन भएको छ। बा ३ ख ३९१३ नम्बरको आइचर कम्पनीको ट्रक सडकभन्दा तलतिर खसेको हो। 'सडकबाट करिब ४ सय मिटर तल गाडी खसेको छ,' भट्टराईले भने, 'घाइतेहरुको उद्दार प्रयास गरिरहेका छौं।'

दुर्घटनाको खबर लगत्तै जिल्ला प्रहरी कार्यालयबाट एम्बुलेन्ससहित प्रहरी टोली घटनास्थल पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell