PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अनमोललाई 'मेगास्टार'को उपनाम दिँदा जवाफदेही नरेश, भन्छन् 'अनमोल मेरो लागि 'मेगास्टार' हो'



पहिलोपोस्ट

अनमोललाई 'मेगास्टार'को उपनाम दिँदा जवाफदेही नरेश, भन्छन् 'अनमोल मेरो लागि 'मेगास्टार' हो'

काठमाडौं : पछिल्लो समय फिल्म 'कृ'को प्रेसमिटमा संचारकर्मी नरेश भट्टराईले अभिनेता अनमोल केसीलाई 'मेगास्टार' उद्घोष गरेका थिए। त्यस समय अनमोलले पनि उक्त ट्यागलाई सजिल्यै स्वीकारेका थिए।

तर, हालै एक फिल्मको कार्यक्रममा उक्त ट्यागलाई लिएर अनमोल जवाफदेही बन्नु पर्‍यो।

फिल्म 'क्याप्टेन'को कार्यक्रममा एक पत्रकारले सोधे 'मेगा स्टार के हो, अनमोललाई किन मेगा स्टार सम्बोधन गरियो?

भुवनले त्यसको जवाफ दिन चाहेनन्। उनले नरेशले दिएको उपनाम बताउँदै माइक नरेशतर्फ तेर्साउँदै भने 'माइक नरेशलाई दिन चाहन्छु। किनकी उनले नै अनमोललाई मेगास्टार भनेको हो। हामी त दर्शकको मायाको लागि काम गर्छौं। तपाईंहरुले माया गरेर यस्तो उपनाम दिनुहुन्छ, हामी त्यसलाई स्वीकार्छौं।'

त्यस्तै नरेशले अनमोलको फ्यान फलोवर्सका आधारमा मेगास्टार सम्बोधन गरेको बताए। उनले भने ' मैले अनमोललाई मेगास्टार किन भने भन्दा, जसको सबैभन्दा धेरै फ्यान फलोवर्स, क्रेज र जसलाई जो कोही भेट्नचाहन्छ त्यो अनमोल हो। जसको डिमान्ड सबैभन्दा धेरै छ उसैलाई मेगास्टार भने। मेगा भनेको बढी वा धेरै भन्ने बुझिन्छ। स्टारहरु भन्दा पनि माथि अनमोललाई हेरिन्छ। मार्केट मैले बुझेका कारण, मेरो अध्ययनले भ्यायसम्म मैले यो सम्मान टाइटलको रुपमा अनमोललाई दिएको हुँ। अनमोल मेरो लागि मेगास्टार हो।'

अनमोलले उक्त ट्यागप्रति अहम नरहेको बताए। भने 'मेरो फ्यानले मलाई ट्याग दिनुहुन्छ। म अहिल्यै पनि भन्छु मलाई मेरो दर्शकले मेगास्टार भनिदिनु भयो। ममा त्यस्तो केहि अहम छैन, आइयम अनमोल केसी।'

त्यस्तै, संगीतकार अर्जुन पोख्रेलले पनि अनमोललाई मेगास्टार सम्बोधन गरे।

'गीत सुन्नलाई अनमोल भाइ, भुवन दाइ मेरो अफिस आउनुहुन्थ्यो। उहाँहरुलाई कामप्रति लगाव छ। अरु फिल्म मेकर कमै आउँछन्। अनमोल मेगास्टार किन पनि हो भने धेरै पत्रकार अनमोललकै कार्यक्रममा आउँछ।' 

पछिल्लो समय अनमोललाई मेगास्टार सम्बोधन गर्दा कलाकारहरुले आपत्ति जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell