PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

भारतको मध्यप्रदेशका मुख्यमन्त्रीमा कमलनाथ, डिसेम्बर १७ मा सपथ



भारतको मध्यप्रदेशका मुख्यमन्त्रीमा कमलनाथ, डिसेम्बर १७ मा सपथ
फोटो : NDTV

भोपाल : भारतीय काँग्रेस पार्टीका नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ लिने भएका छन्। 

डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा सपथग्रहण गर्ने जनाइएको छ। 

मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी ) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो। 

हालैमात्र सो राज्यमा सम्पन्न विधान सभा निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो। मध्य प्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन। 

यसअघि भारतीय जनता पार्टी (बिजेपी) का नेता शिवराज सिंह चौहान तीन पटकसम्म लगातार सो राज्यको मुख्यमन्त्री बनेका थिए। 

आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय काँग्रेस नेता कमलनाथ मध्य प्रदेशबाट नौ पटकसम्म साँसद भइसकेका छन्। 

यसअघि पनि उनले भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटक सम्म उद्योग र यातायात मन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन्।

मध्य प्रदेशमा हालै भएको निर्वाचनमा काँग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ। बहुमत प्राप्त गर्नको लागि काँग्रेसको दुइ सिट मात्र कम भएको थियो।  रासस/एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell