PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

च्याम्पियन्स लिग : साविक विजेता रियल घरेलु मैदानमै मस्कोसँग ३-० ले स्तब्ध, युभेन्ट्स र म्यानचेष्टर युनाइटेड पनि पराजित



पहिलोपोस्ट

च्याम्पियन्स लिग : साविक विजेता रियल घरेलु मैदानमै मस्कोसँग ३-० ले स्तब्ध, युभेन्ट्स र म्यानचेष्टर युनाइटेड पनि पराजित

साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगमा घरेलु मैदानमै रसियन क्लबसँग स्तब्ध बनेको छ। यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको स्पानिस जायन्ट रियल आफ्नै मैदानमा रसियन क्लबसँग ३-० ले पराजित भएको हो।

यस्तै इटालियन क्लब युभेन्ट्स कमजोर मानिएको स्वीट्जरल्याण्डको योङ व्याइजसँग पराजित भएको छ। इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनको भ्यालेन्सियासँग पराजित भयो।

सिएकेए मस्कोले यसअघि पनि रियललाई आफ्नो मैदानमा १-० ले पराजित गरेको थियो। रियललाई उसकै मैदानमा पराजित गर्ने क्रममा सिएसकेएका लागि फेडोर चालोभ, जर्जि सिनिकोभ र अर्नोर सिगुरसनले गोल गरे।

हारपछि पनि रियल १२ अंकका साथ समूह जीको विजेता बन्यो। यस्तै समूह उपविजेताको रुपमा अन्तिम १६ पुगेको इटालियन क्लब रोमा भिक्टोरिया प्लेजनसँग २-१ ले पराजित भयो।

जितपछि प्लेजन र मस्कोको समान ७ अंक भएपनि गोलअन्तरका आधारमा तेस्रोमा रहँदै प्लेजन युरोपा लिगमा छनोट हुँदा मस्को भने समूह चरणबाटै बाहिरियो।

यस्तै समूह एचमा युभेन्ट्स योङ ब्वाइजसँग तथा युनाइटेड भ्यालेन्सियासँग समान २-१ ले पराजित भयो।

घरेलु मैदानमा गुइलाउमे होरायाले ३०औँ र ६८औँ मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए।। युभेन्ट्सको लागि पाउलो डाएबलाले एक गोल फर्काएपनि हार टार्न सकेन।

उता कारल्वस सोलरको गोलमा १७औँ मिनेटमा अग्रता लिएको भ्यालेन्सियाले ४७औँ मिनेटमा अग्रता दोब्बर पारेको थियव। युनाइटेडका फिल जोन्सले आत्मघाती गोल गरेका थिए। ८७औँ मिनेटमा मार्कोस रासफोर्डले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन।

हारपछि पनि युभेन्ट्स १२ अंकका साथ समूह विजेता र युनाइटेड १० अंकसहित समूह उपविजेता बन्यो। ८ अंक जोडेको भ्यालेन्सिया युरवपा लिगमा छनोट भएको छ।

यसैगरी समूह इ मा अन्तिम १६ मा पुगिसकेका वायर्न म्युनिख र अयाक्सले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। वायर्नका लागि रोवर्ट लेवान्डास्कीले दुई तथा किंगसले कोमनले एक गोल गरे। अयाक्सका लागि डुसान टाडिचले दुई तथा जिकोलस ट्याग्लिफियोले एक गोल गरे। इन्जुरी टाइमको पाँचौ मिनेटमा ट्याग्लिफियोले गोल गर्द खेल बराबरी गरेका हुन्।

खेलमा दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए। ६७औँ मिनेटमा अयाक्सका म्याक्सिमिलयन ओवर र ७५औँ मिनेटमा वायर्नका थोमस मुलर सिधै रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दुवै टोली दश खेलाडीमा झोरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell