PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

च्याम्पियन्स लिग : नेपोलीलाई हराउँदै लिभरपुल अन्तिम १६ मा, बार्सिलोनासँग बराबरी खेल्दै टोटनहम पनि नकआउट राउण्डमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : नेपोलीलाई हराउँदै लिभरपुल अन्तिम १६ मा, बार्सिलोनासँग बराबरी खेल्दै टोटनहम पनि नकआउट राउण्डमा

मोहमद सलाहले एक मात्र निर्णायक गोल गरेपछि इटालियन क्लब नेपोलीलाई पराजित गर्दै इंग्ल्स क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

लिभरपुललाई समूह चरण पार गर्न नेपोली विरुद्धको खेल जित्नैपर्ने र बाध्यता थियो। समूह सी अन्तर्गत घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १-० को नतिजामा जित निकाल्यो र पेरिस सेन्ट जर्मेनसँगै अन्तिम १६ मा स्थान पक्का गर्‍यो। जेज्दालाई ४-१ ले पराजित गरेको पीएसजी समूह को विजेता बन्यो। पीएसजीका लागि नेमार, एडिनसन कभानी, किलियन एमबाप्पे र मार्क्विन्होसले गोल गरे।

नेपोलीलाई पराजित गर्न घरेलु मैदानमा लिभरपुलका लागि सलाहले ३४औँ मिनेटमा गरेको गोल निर्णाक बन्यो। जितपछि लिभरपुल र नेपालीको समान ९ अंक र बराबरी गोलअन्तर भएपनि हेड टु हेडको अवे गोलको आधारमा लिभरपुल अगाडी बढेको हो। लिभरपुलले घरेलु मैदानमा नेपोलीलाई १-० ले हरायो भने नेपोलीको मानमा नेपोली २-१ ले विजयी हुँदा पनि गोल गरेको थियो।

यस्तै अर्को इंग्लिस क्लब टोटनहम हट्सपर समूहको अन्तिम खेलमा स्पानिस क्लब बार्सिलोनालाई १-१ को बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्यो। ओसमान डेम्बेलेल गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि खेल सकिन पाँच मिनेट अगाडी लुकास मउराले टोटनहमका लागि बराबरी गोल फर्काएका थिए।

समूह बी बाट बार्सिलोना यसअघि नै नकआउट राउण्डमा पुगिसकेको थियो। खेलअघि टोटनहम र इटालियन क्लब इन्टरमिलानको समान अंक थियो। अगाडी बढ्न दुवैलाई जित आवश्यक थियो। तर इन्टर मिलान पनि पिएसभी आइन्होभनसँग १-१ को बराबरीमा रोकिएपछि समान अंक भएर पनि टोटनहम भाग्यमानी बनेको हो। हेड टु हेड अवे गोलमा टोटनहम अगाडी रहेको हो। टोटनहमले घरेलु मैदानमा इन्टरलाई १-० ले हराएको थियो भने इन्टरको मैदानमा २-१ ले पराजित हादा गोल गरेको थियो।

यस्तै समूह ए बाट यसअघि नै अन्तिम १६ मा पुगिसकेका जर्मन क्लब बोरुसिया डर्टमण्ड मोनाकोलाई २-० ले पराजित गर्दै समूह विजेता बन्यो। क्लब ब्रुगसँग गोलरहित बराबरी खेलेपछि एट्लेटिको मड्रिड र डर्टमण्डको समान १३ अंकभएपनि गोलअन्तरमा अगाडी रहदै डर्टमण्ड समूह विजेता बन्यो भने एट्लेटिको उपविजेता बन्यो।

यस्तै समूह डी को विजेता बनिसकेको पोर्चुगिज क्लब एफसी पोर्टोले गालातासारेलाई ३-२ ले हरायो। गालातासारेले ६ खेलबाट १६ अंक जोड्यो। यस्तै समूह उपविजेता बन्ने पक्का भइसकेको जर्मन क्लब साल्काले लोकोकोतिभ मस्कोलाई १-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell