PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डा.भोला रिजालसँगै नेपाल आइडलकी अस्मिता अधिकारीले गाइन् 'ए कान्छा'



पहिलोपोस्ट

डा.भोला रिजालसँगै नेपाल आइडलकी अस्मिता अधिकारीले गाइन् 'ए कान्छा'

काठमाडौं :  नेपाल आइडलको शिर्ष चारमा पुगेकी झापाकी अस्मिता अधिकारीले डा. भोला रिजालसँग स्टेज सेयर गरेकी छिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट नर्सिङ अध्ययन सकेकी उनलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले सँगै स्टेजमा गीत गाएका हुन्।

उनीहरुले 'ए कान्छा मलाई सुनको'बोलको गीत गाएका थिए। अमर गुरुङको संगीत तथा अरुणा लामाको स्वर रहेको गीतलाई  ६ वर्ष अगाडी कलेजकै कार्यक्रममा डा. रिजाल र अधिकारीले सँगै गाएका थिए।

कार्यक्रममा रिजालले अस्मिताको प्रशंसा गर्दै भने 'अस्मिता कुनै चानचुने गायक हैन, नेपालको नम्बर वान गायिका हुन्। अस्मिता नर्स मात्रै हैन। नेपाल मेडिकल कलेजको सदस्य पनि  हो। उसलाई नेपाल आइडल बनाउनु हाम्रो कर्तव्य हो।'

अस्मिताले पनि कार्यक्रममा नर्सिङ क्षेत्रलाई नछोड्ने वाचा गरिन् 'मेरो सानै देखिको चाहना नर्स र गायिका बन्ने थियो। आज दुवै पुरा भएको छ। म नर्सिङ पेसा र गायन क्षेत्रलाई सँगसँगै अगाडी बढाउने छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell