PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बीबीएल : मेलवर्न स्टार्सको टिममेटसँग सन्दिप लामिछाने



पहिलोपोस्ट

बीबीएल : मेलवर्न स्टार्सको टिममेटसँग सन्दिप लामिछाने

काठमाडौँ : अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-२० क्रिकेटमा सहभागिता जनाउन नेपालका स्टार क्रिकेटर सन्दीप लमिछाने अष्ट्रेलिया पुगिसकेका छन्।

सन्दीपलाई मेलवर्न स्टारले विदेशी खेलाडी कोटामा अनुबन्ध गरेको हो। काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा ललितपुरका लागि दुई खेल खेलेर सन्दीप सोमवार अष्ट्रेलिया पुगेका हुन्।

बीबीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले मेलवर्न स्टारका खेलाडीहरुसँग भेट गरिसकेका छन्।

मेलवर्न स्टार्सले टिमका सबै खेलाडीहरु भएको फोटो आफ्नो अफिसियल ट्वीटरमा पोष्ट गरेको छ। जहाँ सन्दीप पनि छन्। स्टार्समा अष्ट्रेलियाका चर्चितहरु खेलाडीहरु ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, एडम जाम्पा जस्ता खेलाडी छन्। यस्तै टी-२० क्रिकेटका विशेषज्ञ मानिने वेष्ट इन्डिजका ड्वाने ब्राभो पनि सन्दीप रहेको टिममा छन्।

यस्तै अष्ट्रेलियन राष्ट्रिय टिमबाट खेलिसकेका पिटर ह्याण्ड्सकम्ब, स्कट बोल्याण्ड र ज्याक्सन बर्डसँगै बेन डंक र माइकल बिर पनि स्टार्स टिममा छन्।

सन्दीप सुरुको केही खेलपछि बीपीएल खेल्न बंगलादेश जाने भएको सन्दीपको रिप्लेसमेन्टमा स्टार्सले इंग्ल्याण्डको लियम प्लनकटलाई अनुबन्ध गरेको छ।

स्टार्सले बीबीएल ८ को पहिलो खेल डिसेम्वर २१ मा सिड्नी सिक्सर्ससँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell