PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शीर्ष चार मध्ये को बन्ला पहिलो 'द भ्वाइस अफ नेपाल?'



पहिलोपोस्ट

शीर्ष चार मध्ये को बन्ला पहिलो 'द भ्वाइस अफ नेपाल?'

काठमाडौं : गायन 'रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को फाइनलमा चार निर्णायकका एक-एक प्रतिस्पर्धी प्रवेश गरेका छन्। आइतवारको सेमिफाइनल सोलगतै अब प्रतिस्पर्धीहरु कतारमा हुने ग्रान्ड फिनालेका लागि तयार भएका छन्।

फिनालेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दुतराज र श्रृजे थपलियाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन्। शीर्ष चार जनाबाट नै पहिलो 'द भ्वाइस अफ नेपाल' चुनिनेछ।

निर्णायकहरुले आफ्नो टिमका प्रतियोगीका लागि भोट अपिल पनि गरेका छन्। फिनालेमा शीर्ष चार जनासँगै सेमी फाइनलबाट बाहिरिएका ४ जनाले पनि प्रस्तुति दिनेछन्।

ग्रान्ड फिनाले मंसिर २८ गते कतारको दोहास्थित एमपी थियटरमा हुने आयोजकले जनाएको छ। फिनालेमा हाँस्य कलाकार सीताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली'ले पनि प्रस्तुति दिनेछन्।

फिनालेमा पुगेकालाई हरेक दिन एउटै आइडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको निर्माण टिमले जनाएको छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell