PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टुँडिखेलमा स्वस्तिमाको नृत्य

टुँडिखेलमा स्वस्तिमाको नृत्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : टुँडिखेलमा नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' कार्यक्रम सम्पन्न भयो। नेपाल रग्बी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा आयोजना भएको कार्यक्रममा रग्बी खेलसँगै विभिन्न साङ्गितिक प्रस्तुतीहरु भए।

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले 'कुटुमा कुटु', 'गैरी खेतको सिरै हान्यो', 'नाच फिरिरी' लागायतका गीतमा नृत्य प्रस्तुत गरिन्। दर्शको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्वस्तिमासँगै गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन् लागायतले आफ्नो प्रस्तुती दिएका थिए।

बेली डान्सर बिनु शाक्यले पनि कार्यक्रममा बेली डान्स प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक गरिएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell