PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कार्यकाल सकेर फर्किँदै चिनियाँ राजदुत, बिदाई भेटमा सक्रिय



कार्यकाल सकेर फर्किँदै चिनियाँ राजदुत, बिदाई भेटमा सक्रिय

काठमाडौं: नेपालका लागि चिनियाँ राजदुत यु होङ आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारीमा लागेकी छिन्।

जाँदा जाँदै उनले आफ्नो सक्रियतासमेत बढाएकी छिन्। सन् २०१६ मा नेपालका लागि चीनको राजदुतको रुपमा नेपाल आएकी उनले आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारीमा लागेकी हुन्।

उनले शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विदाई भेट गरेकी थिइन्। उनको कार्यकालमा दुई देशबीच वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को फ्रेमवर्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो।

सन् २०१३ मा चिनियाँ राष्ट्रपति सि जिङपिङले अगाडि सारेको बीआरआईमा नेपालले प्रतिवद्धता जनाउँदा जनाउँदै पनि सहभागी हुन सकेको थिएन। लामो छलफल पछि २०७४ साल जेठमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

पछिल्लो समय चिनियाँ राजदुतले उपराष्ट्रपति नन्दबहादुर पुनसँग विदाई भेट गरेकी थिइन्। त्यस्तै उनले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु वर्षमान पुन, रवीन्द्र अधिकारी, मात्रिकाप्रसाद यादव र शक्तिबहादुर बस्नेतसँग विदाई भेट गरिसकेकी छन्।

उनको कार्यकालमा नेपालमा चीनको तर्फबाट चिनियाँ राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङले गत वर्ष नेपालको भ्रमण गरेका थिए। त्यस्तै चिनियाँ रक्षामन्त्रीलेसमेत नेपालको भ्रमण गरे।

यसबीच उनको कार्यकालमा चिनियाँ उच्च अधिकारीहरुको नेपालमा सक्रियता बढेको थियो। नेपालमा स्थानीय तह तथा प्रदेश तथा संघीय संसदका लागि भएका निर्वाचनसँगै चिनियाँ सक्रियता बढ्दो छ।

यसबीच नेपालका तर्फबाट प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओलीसहितले चीनको भ्रमण गरेका छन्।

राजदुत होङको कार्यकालमा नेपाल र चीनबीच व्यापार तथा पारवहान सन्धी तथा तथा चिनियाँ बन्दरगाहको नेपालले प्रयोग गर्न पाउने गरी सम्झौतासमेत भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell