PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एसियाको 'कामुक महिला'मा प्रियंकालाई पछि पार्दै दीपिका १ नम्बरमा



पहिलोपोस्ट

एसियाको 'कामुक महिला'मा प्रियंकालाई पछि पार्दै दीपिका १ नम्बरमा

दीपिका पादुकोण एसियाका ५० शीर्ष कामुक महिलाको पहिलो सूचीमा रहेको एक बेलायती म्यागेजिनले सार्वजनिक गरेको छ।

बेलायतको इस्टर्न आइ साप्ताहिकले एसियाका ५० महिलाको सूची तयार पार्द पादुकोणले सबैभन्दा बढी 'भोट' ल्याइन्। रोचक के छ भने उनको कडा प्रतिस्पर्धा भयो प्रियंका चोपडासँग

चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिइन्। यसपाला उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन्। तेस्रो स्थानमा निया शर्मा रहेकी छिन्।

अर्को रोचक पक्ष के छ भने पहिलो र दोस्रो हुने दीपिका र प्रियंका दुवैले भर्खरै बिहे गरेका छन्। 

तर, प्रियंका बिहेलगत्तै सार्वजनिक भइन्। उनले आफ्नो काम यथावत नै राखिन्। उनी र उनका पति निक 'टोस्ट अफ टाउन' नै रहिरहे। त्यसैगरी दीपिका पादुकोणको रणवीर सिंहसँग भएको बिहेको तस्बिर फेला पार्न मिडियालाई लामै समय कुर्नुपर्‍यो। तर, यिनी पनि काममा देखिन थालिसकिन्। दीपिकालाई मुम्बईको स्टुडियोमा देखिएको थियो। रणवीर सिंह भने फिल्म सिम्बाको प्रवर्द्धनमा सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell