PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फ्राइडे रिलिजमा नम्रताको 'प्रसाद' र झरनाको 'झिल्के'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा नम्रताको 'प्रसाद' र झरनाको 'झिल्के'

काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली र दुई विदेशी फिल्म छन्। 'प्रसाद' र 'झिल्के'सँगै नेपाली भाषाको सिक्कमी फिल्म 'पाहुना' र 'केदाराथ' प्रदर्शनमा आएका हुन्।

दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय छ। फिल्ममा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्वन्दले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको छ। सुवास थापाको निर्माण रहेको फिल्ममा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद छ।



प्रदर्शनमा आएको अर्को फिल्म हो  'झिल्के'। फिल्मलाई लखमान योञ्जन तामाङले निर्देशन गरेका हुन्। फिल्मको कथा लखमानले लेखेका हुन्। फिल्ममा सुमन योञ्जनको छायाँकन, हेमन योञ्जनको सम्पादन र कुमार श्रेष्ठको द्वन्द छ। फिल्ममा निर्देशक एवं अभिनेत्री झरना थापाको मुख्य अभिनय छ। 

प्रदर्शनमा आएको 'पाहुना'लाई बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेकी हुन्। फिल्ममा इशिखा गुरुङ, अनमोल लिम्बु, मन्जु केसीको मुख्य अभिनय छ। त्यस्तै अन्य कलाकारहरु शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुनको पनि फिल्ममा अभिनय छ।

'केदारनाथ' बलिउडमा प्रतिक्षित फिल्म हो। ड्रामा जनरमा बनेको फिल्मलाई अभिषेक कपूरले निर्देशन गरेका हुन्। फिल्ममा शुसान्त राजपुत, साराअलि खान र नितिष भारद्वाजको मुख्य अभिनय छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell