PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रिमियर लिग : लिभरपुल र टोटनहम विजयी, चेल्सी पराजित, आर्सनल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल  र टोटनहम विजयी, चेल्सी पराजित, आर्सनल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी

लिभरपुलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै प्रिमियर लिगमा बर्नलीलाई पराजित गर्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी कम पारेको छ।

लिभरपुलले बर्नलीलाई उसैको मैदानमा ३-१ ले हरायो। यसैगरी साउथ्हयाम्पटनलाई ३-१ ले नै पराजित गर्दै टोटनहम तेस्रो स्थानमा उक्लेको छ।

चेल्सी भने सुरुमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा वल्भरह्याम्पटनसँग २-१ ले पराजित भयो। हारपछि चेल्सी चौथो स्थानमा छ।

उता आर्सनल र म्यानचेष्टर युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

बर्नलीको मैदानमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। टर्फ मुरमा ५४औँ मिनेटमा ज्याक कुकले गोल गर्दै घरेलु टोली बर्नलीलाई अग्रता दिलाएपनि त्यो लामोस मय टिकेन। ६२औँ मिनेटमा जेम्स मिलनरले लिभरपुलका लागि बराबरी गोल पर्काए। रोवर्टो फिरमिनोले ६९औँ मिनेटमा गोल गरेपछि लिभपुलले २-१ को अग्रता बनायो।

जेर्दान शाकिरीले खेलको अन्त्यतिर गोल थपेपछि लिभपुलले सहज जित हात पारेको हो।

जितपछि लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ। १५ खेलबाट ३९ अंक जोडेको लिभरपुलले शीर्ष स्थानको सिटीसँग अंकदूरी २ मा झारेको छ।

लण्ड क्लब टोटनहमलाई जित दिलाउन घरेलु मैदानमा ह्यारी केन, लुकास मउरा र सन मन हेउनले गोल गरे। साउथह्याम्पटनका लागि चार्ली अस्टिनले एक गोल फर्काए।

जितपछि १५ खेलबाट ३३ अंक जोड्दै टोटनहमले अर्कोल लण्ड क्लब चेल्सीलाई पछि पारेको हो।

चेल्सीले १८औँ मिनेटमै रुवेन लोफ्टस चिकको गोलमार्फत पहिले अग्रता लिएपनि कायम राख्न सकेन।

पहिलो हाफमा पछि परेको वल्भरह्याम्पटनले दोस्रो हाफमा कमब्याक गर्दै दुई गोल गर्‍यो। राउल जिमिनेजले ५९औँ मिनेटमा बराबरी गोल फर्काए भने ६३औँ मिनेटमा डिएगो जोटोले गोल गर्दै वल्भरह्याम्पटनलाई अग्रता दिलाए।

हारपछि चेलसीको १५ खेलबाट ३१ अंक छ।

यसैगरी युनाइटेडले घरेलु मैदानमा दुई पटक पछि परेर पनि आर्सनललाई बराबरीमा रोक्दै अंक खोसेको छ। ओल्ड ट्राफोर्डमा स्कोडार्न मुस्तापीले २६औँ मिनेटमा गोल गर्दै बर्सनललाई अग्रता दिलाएपनि युनाइटेडका लागि ३०औँ मिनेटमा एन्टोनी मार्सियलले बराबरी गोल गरे। ६८औँ मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई पुन: अग्रता दिलाएका थिए। तर त्यसको एक मिनेटपछि नै युनाइटेडका जेस लिनगार्डले गोल गर्दै खेल बराबरी गरे।

बराबरीपछि आर्सनलले चेल्सी समान ३१ अंक जोडेको छ। तर गोलअन्तरमा चेल्सि अगाडी छ भने आर्सनल पाँचौ स्थानमा यथावत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell